बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधिकै घरमा छाउगोठः भन्छन्, महिनावारी भएका महिला घरभित्र छिरे देउता रिसाउँछन्

आइतबार, २९ पुस २०७५, ०७ : ०१
आइतबार, २९ पुस २०७५

सुर्खेत – चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिका सचिव हुन् । उनकै घरमा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा – सुविधा रोक्का गर्ने निर्णय गरेको बयकलाई जानकारी नभएको भने होइन । ‘घरमा बुवा धामी हुनुहुन्छ , महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँछन् भन्नुहुन्छ, ’ बयकले भने, आफू मान्दिनँ तर घरकालाई सम्झाउन सकिँदो रहेनछ ।’

पञ्चपुरी नगरपालिका–१० का वेदराज भण्डारी निर्वाचित वडा सदस्य हुन् । सामाजिक विकृति र कुरीति अन्त्य गर्ने अभियानमा लाग्नुपर्ने भण्डारीकै घरमा छाउगोठ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप