‘खेलकूद स्वस्थ जनशक्ति उत्पादन गर्ने क्षेत्र’
काठमाडौँ । सभामुख कृष्णबहादुर महराले खेलकूद देशको स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र रहेको बताएका छन् ।
न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समापन समारोहलाई आज यर्हाँ सम्बोधन गर्दै उनले भने, ‘खेलकूद क्षेत्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको काम मात्रै गर्दैन, यसले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ, स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्नेदेखि देशको समृद्धिका लागि खेलकूद निकै महत्वपूर्ण छ ।’
देशमा थुप्रै प्रतिभावान खेलाडी रहेको भन्दै सभामुख महराले राज्यका तर्फबाट खेलाडीलाई उचित प्रोत्साहन गर्न नसकिएको बताए ।
आफू अहिले राज्यको नीति निर्माण तहमा रहेको उल्लेख गर्दै उनले भने, ‘खेलकूद क्षेत्रको विकास गर्न ऐन कानून कस्ता खालका बनाउने र कहाँ कहाँ संशोधन गर्ने, मलाई भन्नुहोस्, त्यसका लागि मैले मेरो तर्फबाट गर्ने पहलकदमी अघि बढाउँछु ।’
सो अवसरमा प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो तथा उत्कृष्ट खेलाडीलाई सभामुख महराले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबल राष्ट्रिय खेल भए पनि बजेट अभावमा चाहेजति प्रतियोगिता सञ्चालन गर्न कठिनाइ भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा