शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बीपीएल खेलमा सन्दीप लामिछाने महंगो साबित

शनिबार, २८ पुस २०७५, २० : ३५
शनिबार, २८ पुस २०७५

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) को तेस्रो खेलमा महंगो साबित भएका छन् । 

सिलेट सिक्सर्सका लागि सन्दीपले शनिबार विकेट लिन सकेनन् । ढाका डाईनामाइट्सविरुद्धको खेलमा चार ओभर बलिङ गरेका सन्दीपले बिना विकेट ३३ रन खर्चिए । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डाइनामाइट्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७३ रन बनाएको छ । डाइनामाइट्सले सन्दीपको टोली सिलेट सिक्सर्सलाई जितको लागि एक सय ७४ रनको लक्ष्य दिएको छ । 

सन्दीप सम्मिलित सिक्सर्सले यसअघि एक जित र एक हारको नतिजा निकालेको थियो । बीपीएलको डेब्यु खेलमा चार ओभर बलिङ गर्दै १६ रन खर्चेर दुई विकेट लिएका सन्दीप दोस्रो खेलमा पनि विकेट विहिन बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप