शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वीलचेयर क्रिकेटमा जावलाखेल पहिलो

शनिबार, २८ पुस २०७५, २० : १६
शनिबार, २८ पुस २०७५

काठमाडौं । पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप अन्तर्गत पारा क्रिकेटको ह्वील चेयरतर्फ जावलाखेल पहिलो भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा शनिबार भएको खेलमा जावलाखेलले बीआईएलाई २२ रनले हरायो । 

जावलाखेलका डिगमसिंह चेम्जोङ ‘म्यान अफ द सिरिज’ र उत्कृष्ट ब्याट्सम्यान चुनिए । बीआईएका सुपर राई उत्कृष्ट बलर तथा जावलाखेलका दीपक तिमल्सिना उत्कृष्ट फिल्डर घोषित भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा ह्वीलचेयर क्रिकेट संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको स्टेन्डिङतर्फ नीलो टिमले रातो टिमलाई ५३ रनले हराउदै पहिलो भयो । 

नीलोका छविलाल धोबी ‘म्यान अफ द सिरिज’ र उत्कृष्ट बलर ठहरिए । विजेतालाई राखेपका सदस्य सचिव केशवकुमार बिष्टलगायतले पुरस्कृत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप