आईसीसी बरीयतामा कप्तान पारस खड्का एक स्थानमाथि
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को टी–२० क्रिकेट अन्तर्गत नेपालका कप्तान पारस खड्काले बरीयतामा एक स्थान सुधार गरेका छन् ।
आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ बरीयतामा पारसले एक स्थान सुधार गर्दै ९६औं स्थानमा उक्लिएका हुन् । पारस अघिल्लो महिना ९७औं स्थानमा थिए । पारस अलराउन्डरतर्फको बरीयतामा ४२ औं स्थानमा यथावत् छन् ।
आईसीसी बरीयतामा नेपालका सोमपाल कामी बलरतर्फको बरीयतामा एक स्थान तल झरेका छन् । अघिल्लो महिनामा ९२औं स्थानमा रहेका सोमपाल नयाँ वरीयतामा ९३ औं स्थानमा झरको हुन् । उनी अल राउन्डरतर्फ ६४औं स्थानमा यथावत छन् । बलरतर्फ अर्का खेलाडी वसन्त रेग्मी ७४औं स्थानमा यथावत् छन् ।
आईसीसीले बरीयतामा नेपालको टी–२० क्रिकेट मात्रै समावेश छ । नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिता नखेलेपनि अन्य देशका खेलाडीको प्रदर्शनका आधारमा नेपाली खेलाडीको बरीयता अनुसार थप घट भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी