बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारभित्रको रोचक शनिबार : ठाँउ–ठाँउमा फोहोर, काटिए रुखका हाँगा, चलाइयो डोजर (फोटो/भिडियो)

शनिबार, २८ पुस २०७५, २० : ००
शनिबार, २८ पुस २०७५

काठमाडौं । शनिवार नेपालको मुख्य प्रशासनीक केन्द्र सिंहदरबार अरु दिनको भन्दा निकै फरक थियो । अधिकांश कार्यालयहरु बन्द थिए । मानिसहरु र सवारी साधानको चाप थिएन तर केही सुरक्षाकर्मी र कर्मचारीहरुको व्यस्थता भने उल्लेख्य थियो । 

उनीहरु बिहानदेखि साँझसम्म सरसफाइका लागि निकै दौडधुप गरिहेका थिए । कोही रुखका हाँगा काटिरहेका थिए, कोही फोहोर जम्मा गरिरहेका थिए । कोही पूराना गाडी हटाउने काममा लागेका थिए । मन्त्रालयका केही कर्मचारी, सिंहदरबारभित्रै रहेका सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली सरसफाईका लागि निकै व्यस्त थिए । 

मन्त्रालय तथा अन्य कार्यालय आसपास लुकेर बसेका फोहोर संकलन गरेर ठाँउठाँउमा थुप्रो लगाइएको थियो । फोहोरलाई सिस्डोलमा फ्याँक्नका लागि ट्रक ल्याइएको थियो । यस्तै इट्टा, ढुङ्गा, माटोको फोहोर फ्याँक्नका लागि तीनवटा डोजर पनि प्रयोग गरिएको थियो । 

प्रधानमन्त्री कार्यालयको नेतृत्वमा सिंहदरबारलाई सफा र स्वस्छ राख्नका लागि सरसफाईको काम थालिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषको कार्यालयका प्रवक्ता बिनोद बहादुर कुँवरले रातोपाटीलाई जानकारी दिए । 

उनले भने– ‘सरसफाई हाम्रो नियमित कार्य हो, तर अहिले अलि गहन रुपमा सिंहदरबारभित्र रहेका सबै निकाय निजामती कर्मचारीहरु, फाहोर संकलन गर्ने निकाय, नेपाली सेना, नेपाल प्रहरी भएर गहन रुपमा सरफाई गरिएको हो । विशेषरुपमा सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारी कार्यालयहरु स्वस्छ, सरसफाई र हरियाली वातावरण हुनुपर्छ भन्ने जुन अभिव्यक्ति छ, पूराना सवारी साधन व्यवस्थापनका लागि उहाँले जुन निर्देशन दिनुभएको छ, त्यसैको सिलसिलामा अहिलकति गहन रुपमा यहाँको फाहोर हटाउने काम भइरहेको छ ।’

उनले नियमित रुपमा सरसफाई गर्दा पनि कुना काप्चामा फोहोर बसेको बताउँदै सिंहदरबारलाई स्वच्छ र सुन्दर बनाउने जानकारी दिए । उनले सबै मन्त्रालयले आफ्नो कार्यालय आसपास कतै पनि फोहोर नगर्ने र कुनाकाप्चामा रहेका फोहोर हटाउने बताए । 

शनिवार कर्मचारी, सेना प्रहरी र सरसफाईको जिम्मा लिएको परिवर्तन भन्ने संस्थाका कर्मचारी गरी २ सय जनाले सिंहदरबार सफाई गरेका थिए । जेसिबी ३ वटा र फोहोर फाल्नका लागि १२ वटा सवारी साधन प्रयोग गरेको प्रवक्ता कुँवरले जानकारी दिए । 

पुराना सवारी हटाइने 
सिंहदरबारमा बिग्रिएका तथा प्रयोग नभएर थन्किएका सवारी साधानलाई हटाइने भएको छ । बर्षौंदेखि सिंहदरबारमा खाली ठाउँ ओगटेर बसेको ठूलो परिणामको सवारी साधन हटाइन लागेको हो । 

प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरका अनुसार पुराना गाडीहरु सम्बन्धित मन्त्रालयले मर्मत गरेर चलाउने, काम नलाग्ने भएमा कवाडीका रुपमा बिक्री गरिने जानकारी दिए । 

उनले चल्ने अवस्थाका गाडी आफूलाई नचाहिने हो भने मर्मत गरेर तल्लो तहका कार्यालयलाई दिने प्रक्रिया शुरु गरिने जानकारी दिए । उनले भने– ‘जुन मर्मत गरेर पनि चलाउन सकिँदैन भने तुरुन्त लिलाम गर्ने अथवा हाम्रा प्राविधिक शिक्षालयहरुमा विद्यार्थीहरुको सिकाइका लागि त्यस्ता ठाउँहरुमा भएपनि हस्तान्तरण गर्ने, सिंहदरबारभित्र चालु अवस्थामा रहेका बाहेक अरु नराख्ने भनेर हामी अगाडि बढेका छौँ ।’

सिंहदरबारभित्र कति सवारी साधान काम नलाग्ने भएर पार्किङ भएका छन् भन्नेबारे निश्चित आँकडा छैन । सिंहदरबार परिसरमा बर्षौंदेखि प्रयोग नभएका सवारीसाधान यत्रतत्र पार्किङ गरेर राखिएको छ । 

हेर्नुहोस भिडियो :-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप