मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

‘छरिएका पूँजीलाई एकत्रित गरी उत्पादनमा लगानी गरिने’

शनिबार, २८ पुस २०७५, १९ : ३५
शनिबार, २८ पुस २०७५

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न क्षेत्रमा छरिएका पूँजीलाई एकत्रित गरी उत्पादनमा लगानी गरिने बताएका छन् । 

मण्डनदेउपुर नगरपालिका–१२ सान्डीबेंसीस्थित ज्याम्दी बचत तथा ऋण सहकारी संस्थाको २०औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले राजकीय, निजी र जनताको सामूहिक पूँजीलाई एकत्रित गरी उत्पादनमा लगानी गर्नेमा जोड दिए । 

उनले जिल्ला तहका सहकारी संरचनालाई स्थानीय तहमा पठाइन लागेकाले उब्जिएका केही सङ्क्रमणकालीन समस्यालाई विस्तारै हल गर्दै जाने बताए । 

मन्त्री बाँस्कोटाले सहकारी क्षेत्र सरकारको तीनखम्बे अर्थनीतिमध्ये एउटा खम्बा भएकाले सबै क्षेत्रका पूँजीलाई एकीकृत गरी उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताए । 

उनले सहकारी क्षेत्रलाई उच्च प्राथमिकता दिइने जानकारी गराए । उनले भने, ‘राष्ट्रिय पूँजीको तीन वटा आधार मानेर समृद्ध नेपाल अभियानमा सहकारी क्षेत्र उच्च प्राथिमिकतामै पर्दछ ।’

उनले कृषि तथा उद्यमशीलतामा आधारित सहकारीले समाजमा राम्रो योगदान गरेको चर्चा गरे । 

कार्यक्रममा संस्थाका अध्यक्ष रामकृष्ण तिमल्सिनाले ७४७ शेयर सदस्य रहेको सहकारीमा रु दुई करोड ११ लाख ९२ हजार ५९८ बचत भएको र रु दुई करोड ४७ लाख ३८ हजार ८१० लगानी गरिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप