शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

शनिबार, २८ पुस २०७५, १९ : ०१
शनिबार, २८ पुस २०७५

काठमाडौं । महानगरीय प्रहरी वृत, महाराजगञ्ज र टोखा नगरपालिका वडा नम्बर ५ को संयुक्त आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 

वडा–५ को कार्यालय भवनमा आयोजित कार्यक्रममा टोखा नगरपालिकाका सबै वडाका वडाध्यक्षहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय बुद्विजिवी तथा व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । 

समुदाय प्रहरी साझेदारी कार्यक्रममा डिएसपी फणिन्द्र प्रसाईंले आर्थिक वर्षमा प्रहरी वृत, महाराजगञ्जले गरेका काम कारबाहीहरु श्रब्यदृश्य विधिबाट प्रस्तुत गरेका थिए । उनले भने, ‘समुदायकै अगुवाईमा समाजलाई शान्त र सुरक्षित बनाउन आफू सदैव अग्रसर छु ।’ 

टोखा एरियामा सिसिटिभि राखिनुपर्ने स्थानहरुको पहिचान गरि सिसिटिभिको संख्यामा थप गरि निगरानी बढाइने उनले बताए । 

डिएसपी प्रसाईंले भने, ‘सुरक्षित समाजका निमित्त समुदायबाट आफुले सामुदायिक गस्तिमा प्रहरीसँग समुदायको सहकार्य, घटनाको समयमै जानकारी, मदिराजन्य पदार्थको बिक्री वितरणमा निश्चित एरिया तोकिनुपर्ने र सडक अतिक्रमणमा  रोक लगाउन समुदायको सहयोग उल्लेखनीय रहनेछ ।’

कार्यक्रममा पूर्वसिडिओ मोहन चापागाईले अपराधका सम्बन्धमा  प्रहरी र समुदाय दुवैले ‘क्विक अपरेशन’ गर्नुपर्ने र त्यसमा प्रहरीको बढि सक्रियता रहनुपर्ने बताए । 

सुरक्षित समाजका निमित्त सिसिटिभि जडान गर्ने दिशामा समेत सबैले चासो दिनुपर्ने र मदिरा नियन्त्रण गर्ने सवालमा आवश्यक योजना बनाई अभियान नै चलाउनुपर्ने उनको भनाई थियो । 

यस्तै पतञ्जली योग समिति नेपाल प्रदेश नं. ३ कि सुधा कलौनीले समुदाय प्रहरी साझेदारी अन्र्तगत गरिएको विद्यालय सम्पर्क कार्यक्रम अत्यन्तै सराहनीय र अन्य कार्यक्रमभन्दा पृथक रहेको बताइन् । 

कार्यक्रमका सभापति टोखा नगरपालिका वडा नं. ५ का अध्यक्ष जगनाथ सुरक्षित समाजको जिम्मेवारी प्रहरीको मात्रै नभई सबै आम नागरिकको पनि रहने बताए । 

समुदाय र प्रहरीसँगको सहकार्यमा काम गर्दै आइरहेको शान्त र सुरक्षित समाजका निमित्त प्रहरी र स्थानीय पदाधिकारीले मात्रै गरेर नहुने हुँदा सो बिषयमा आम नागरिक पनि त्यतिकै सजक रहनुपर्ने उनको भनाई रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप