शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिला भलिबलमा एपीएफ च्याम्पियन

शनिबार, २८ पुस २०७५, १८ : ४०
शनिबार, २८ पुस २०७५

काठमाडौं । न्युडायमण्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागिय टोली एपीएफ क्लबले जितेको छ । नैकापमा शनिबार भएको फाइनल खेलमा एपीएफले साविक बिजेता न्युडायमण्डलाई ३–१ को सेटमा हरायो । 

एपीएफले १६–२५, २५–२१,२५–२३, २५–१८ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । च्याम्पियन एपीएफले तीन लाख एक हजार रुपैयाँ प्राप्त ग¥यो । उपविजेता न्यु डायमण्डले दुई लाख एक हजार रुपैयाँमा चित्त बुझायो । 

विधागततर्फको पुरस्कारमा न्युडायमण्डको बर्चस्व र¥यो । एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी भइन् । उनले १५ हजार रुपैयाँ प्राप्त गरिन् । न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाईकर घोषित भईन् । न्यु डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र ललितानाथ उत्कृष्ट क्विकर घोषित भईन् ।

न्यु डायमन्डकै अनिषा सुनुवार उत्कृष्ट सेटर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर घोषित भए । एपीएफकी उषा विष्ट उत्कृष्ट ब्लगर र ज्ञानेन्द्र बिष्टले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते । विधागत उत्कृष्टले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाए । 

नेपाल पुलिस क्लब तेस्रो भयो । पुलिसले पोखराको टप्स माबिलाई २५–११,२५–२१, २५–१४ को सोझो सेटमा हरायो । तेस्रो भएको पुलिसले एक लाख एक हजार र टप्सले ५१ हजार रुपैयाँ पुरस्कार पायो । प्रतियोगितामा आठ टोली भाग लिएका थिए । बिजेतालाई सभामुख कृष्णवहादुर महरा लगायतले पुरस्कार प्रदान गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप