शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँकडभिट्टा खप्तड गोल्डकपको सेमिफाइनलमा

शनिबार, २८ पुस २०७५, १८ : ३७
शनिबार, २८ पुस २०७५

काठमाडौं । मेची नेत्रालय काँकडभीट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धनगढी रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा काक्करभीट्टाले एपीएफलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । 

नवौं मिनेटमा युवराज खड्काले एपीएफलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको लामो पासलाई युवराजले गोलमा परिणत गरेका थिए । २६ औं मिनेटमा विश्वास श्रेष्ठले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई एपीएफका गोलरक्षक राजुले उत्कृष्ट डाइभ दिँदै बचाए । 

४१औं मिनेटमा विश्वास श्रेष्ठले बराबरी गोल फर्काए । विशाल राईको पासमा विश्वासले गोलरक्षकलाई समेत छलाएर खाली पोस्टमा गोल गरेका थिए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा एपीएफका गोलरक्षक राजु नगरकोटिले विश्वास श्रेष्ठको फ्रिकिक बचाउने प्रयासमा फुत्काएपछि रिबाउन्डमा कप्तान खामिरले बललाई पोस्टको दिशा दिन सकेनन् । ६१ औं मिनेटमा काँकडभिट्टा अग्रता लिनबाट चुक्यो ।

विष्णु सुनारको फ्रिकिकमा विशाल राईले अफसाइड ट्र्याप बिट गरेपनि बललाई पोस्टको दिशा दिन सकेनन् । खेलको तीन मिनेट समय बाँकी रहँदा काँकडभिट्टाले अग्रता लियो । कर्नरमा आएको बल रिबाउन्ड भएपछि विकास राईले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । 

काँकडभिट्टाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ पाए । काँकडभिट्टाले फाइनल प्रवेशका लागि थ्री स्टार र च्यासलबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । आइतबार मनाङ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप