शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जोशीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

शनिबार, २८ पुस २०७५, १८ : १४
शनिबार, २८ पुस २०७५

काठमाडौँ । अनेरास्ववियुले अमृत साइन्स क्याम्पसका आफ्ना नेता कमलराज जोशीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ । 

अनेरास्ववियुका महासचिव ऐन महरले आज विज्ञप्ति जारी गदै जोशीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्नु भएको हो । शुक्रबार दिउँसो क्याम्पसमा रहेका बेला जोशीमाथि रड प्रहार गरिएको उनले जानकारी दिए । 

टाउकोमा गम्भीर चोट लागेको उनको अहिले ठमेलस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले सिसीटिभी क्यामेराबाट फुटेज सङ्कलन गरी रड प्रहार गर्नेको खोजी कार्य भइरहेको जानकारी गराए । 

उनका अनुसार तीन चार जनाको समूहमा आई जोशीमाथि रड प्रहार गरिएको थियो । प्रवक्ता बोगटीले क्याम्पसकै खेमबहादुर सिंहसँगको विवादमा जोशीमाथि रड प्रहार गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप