बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोदुरोलाई पदमुक्त गर्न माग गर्दै भेनेजुएलाका विपक्षी आन्दोलित

शनिबार, २८ पुस २०७५, १७ : ०६
शनिबार, २८ पुस २०७५

कारकस । भेनेजुएलाको विपक्षी दलले शुक्रबार संसद नियन्त्रणमा लिएर राष्ट्रपति निकोलास मोदुरोविरुद्ध प्रदर्शन गर्न आह्वान गरेको छ । 

दोस्रो छ बर्षे कार्यकालका लागि ५६ बर्षीय मोदुरोले गत बिहीबार सपथग्रहण गरेका थिए । उनी गत मे महिनामा भएको अति विवादास्पद निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएका हुन् । जुन निर्वाचनलाई विपक्षीहरुले बहिस्कार गरेका थिए । 

अमेरिका, युरोपेली संघ, अमेरिकी देशहरुको संगठनलगायतले निर्वाचनमा धेरै कमजोरी भएको भन्दै निर्वाचनलाई मान्यता दिएका छैनन् । 

उनीहरुले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाएका छन् । 
संसदका अध्यक्ष जान गुइडोले संविधानले संसदलाई दिएको अधिकारअनुसार नै मोदुरोलाई जिम्मेबारी दिइएको बताएका छन् । 

सरकारी पक्षले आन्दोलनकारीहरुलाई सडकबाट हटाउन सैन्य शक्तिको आवश्यकता पर्न सक्ने बताएको छ । यसअघि लिमा समूह नाम दिएका ल्याटिन अमेरिकी देशका १२ ओटा देश र क्यानाडाले पनि भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोलाई नमान्ने जनाएका थिए । 

ती देशका विदेशमन्त्रीको बैठकले आफ्ना देशका सरकारले भेनेजुएलाका राष्ट्रपतिका रुपमा मोदुरोलाई राष्ट्रपतिका रुपमा स्वीकार नगर्ने जनाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप