शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२४ घण्टामा पनि भेटिएनन् विद्यालयबाटै हराएका ५ वर्षे बालक, छोरा नभेटिएपछि चौधरी दम्पति विक्षिप्त (भिडियोसहित)

स्कुलबाटै बच्चाको कसरी भयो अपहरण ?
शुक्रबार, १३ साउन २०७४, १६ : ५७
शुक्रबार, १३ साउन २०७४

काठमाडौं– विद्यालयमा पढ्न पठाएको आफ्नो सन्तान विद्यालयबाटै हराउँदा कुन बाबु आमाको मुटु नभक्कानिएला ? त्यो पनि फिल्मी शैलीमा राजधानीको मुटु सोह्रखुटटेबाटै । हो, त्यस्तै भएको छ बुटवल स्थायी घर भएका विजय चौधरी दम्पतिलाई ।

घटना विवरणअनुसार क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती बोर्डिङ स्कुलबाट आफ्ना ५ वर्षीय छोरा (बिशाल) बिहीबार दिउँसोबाट हराएपछि चौधरी दम्पति भावविव्हल बनेका छन् ।  यूकेजीमा अध्ययनरत बालक बिशाल चौधरी विद्यालयबाटै बेपत्ता भएपछि प्रहरी प्रशासन, छिमेकी र  विद्यालय प्रशासनले खोजी गरिरहे पनि उनको अवस्था केछ भन्ने कसैलाई थाहा छैन । खोजीमा तालिमप्राप्त कुकुरदेखि अन्य उपकरणसमेत प्रयोग गरेपनि घटनाको २४ घण्टा वित्दासम्म बालकको अत्तोपत्तो छैन । 

आफ्नो सन्तान फेला पर्ने आशमा बालकका बाबुआमा, हजुरबुवाआमा लगायत आफन्त र छिमेकीसमेत महानगरीय प्रहरीवृत सोह्रखुट्टेमा बसिरहेका छन् । तर, बालकको अवस्था कस्तो छ भन्ने कसैलाई थाहा छैन । बुटवल घर भई हाल असनमा बसेर व्यवसाय गर्दै आएका विजयलाई प्रहरी र स्कुल प्रशासनले समेत आफ्नो छोरा भेटिन्छ भन्नेमा आश्वस्त पार्न सकेका छैनन् । 

यो पनि पढ्नुस्

दिनदहाडै राजधानीको स्कूलबाटै यसरी भयो बालकको 'अपहरण'

यद्यपी प्रहरीले घटना भएका वेलाको स्कुलको सिसिटिभि रेकर्ड हेरेर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार बिहीबार ३ः३८ मा स्कुलको गेटबाट मोटरसाइकलमा आएका एक पुरुषले बालकलाई मोटरसाइकलको अगाडि राखेर लगेका छन् । तर, उक्त मोटरसाइकलको नम्बर प्रष्ट देखिएको छैन । मोटरसाइकलमा बालक खुशी हुँदै चढेकाले चिनेजानेकै मानिसले लगेको हुनसक्ने प्रहरीको अनुमान छ । 

हराएका बालकका बुबा बिजय भन्छन्–

– बिहीबार सधै झै ३ः४० मा म मेरो बच्चा लिन स्कुल आए, तर मेरो बच्चा गईसक्यो भनेर  विद्यालय प्रशासनले भन्यो । 
– कसको जिम्मामा पठाइयो ? भन्दा चित्त बुझ्ने जवाफ स्कुलले दिएन ।
–त्यतिकैमा हल्ला भयो, सवै लागेर खोजीमा लाग्यौ तर अहिलेसम्म भेटिएको छैन । 
–२४ घण्टा भैसक्यो मेरो बाबु भेटिएको छैन ।
–स्कुलको गम्भीर लापरवाही हो ।
–स्कुलको सिसिटिभी फुटेजमा बाइकमा चढेर गएको देखिन्छ ।
–बच्चाको प्यारेन्सविनै बच्चा दिने गरिएको रहेछ ।
–स्कुल प्रशासनले धैर्य गर्नुस् भेटिन्छ भनेको छ तर कहिले ?

काम गर्नेमाथि अनुसन्धान

विजयको पसलमा काम गर्ने राजुलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सोह्रखुट्टे प्रहरी बृतका प्रहरी प्रमुख सोमेन्द्रसिंह राठोरका अनुसार घट्नाबारे प्रहरी नजिक पुगेको छ र चाडै सत्यतथ्य आउनेछ । तर, प्रहरीले यो घटनालाई अपहरण भने भन्न नमिल्ने बताएको छ । यद्यपी सर्वसाधारणले भने अपहरण नै भनेका छन् ।  

प्रहरीका अनुसार विजयको पसलमा काम गर्ने राजु नामका युवक र विजयवीच केही दिनयता सामान्य भनाभन भएको थियो । विजयले उनलाई भनेजति पैसा दिननसक्ने भनेपछि उनीहरुबीच मनमुटाव भएको थियो । त्यहि कारण सोही युवकले बालकलाई चिनेजानेकै मार्फत लुकाउन लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।    

स्कुलबाटै बच्चाको कसरी भयो अपहरण ? (हेर्नुहोस् भिडियो):

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप