मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पहिलोपटक बालचिकित्सक परीक्षा सञ्चालन

शनिबार, २८ पुस २०७५, १४ : ५१
शनिबार, २८ पुस २०७५

काठमाडौँ- चिकित्सासम्बन्धी विश्व प्रसिद्ध रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा पहिलोपटक बालचिकित्सासम्बन्धी एमआरसिपिसिएच तहको परीक्षा सञ्चालन गरेको छ ।

 एमडी तह उत्तीर्ण गरेपछि बालरोगको विशेषज्ञता हासिल गर्न लिइने यो परीक्षा दिन पहिले बेलायतलगायत अन्य देशमा नै जानुपर्ने अवस्था रहेकामा अहिले नेपालबाट नै दिन सकिने भएको छ । 

रोयल कलेज अफ पिडियाट्रिक एण्ड चाइल्ड हेल्थ युके र कान्ति बाल अस्पतालसँगको सहाकार्यमा ग्राण्डी अन्तर्र्रािष्ट्रय अस्पतालमा आज र भोलि सञ्चालन हुने सो परीक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना विभागीय प्रमुख नेपाल आएका छन् ।

 परीक्षामा नेपालका चारसहित भारत, मलेसिया, म्यान्मा र मध्यपूर्वका गरी २४ जना बालरोग चिकित्सक सहभागी छन् । 

आज आयोजित कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले अस्पतालमा उपलब्ध विश्वस्तरीय सेवा सुविधा तथा विशेषज्ञहरु भएकाले रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा एमआरसिपिसिएच परीक्षाका लागि छनौट गरेको बताउँदै यसले अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप