केन्द्रीय संस्करण

सायन कतिको रसायन ?

explore access_timeपुस २८, २०७५ chat_bubble_outline0

मनोज ढकाल

जब मनमा छुन्छ सिर्जनाले बल्ल उत्कृष्ट भन्न सकिन्छ । एउटालाई छोएको सिर्जनाले अर्कोलाई छुन नि सक्ला वा नसक्ला त्यो आआफ्नै तर्क बन्न सक्ला । सबैको फिलिङ्सको जिम्मा मेरो अभिव्यक्तिले लिन सक्दैन । 

“अण्डरस्ट्याण्डिङ् इज इन्टरप्रिटेसन्, नो ईन्टरप्रिटेसन इज फाइनल ।” मेरो इन्टरप्रिटेसन फाइनल हो भनेर दाबी गर्ने चलन छैन । राम्रो तबसम्म लाग्छ जहिलेसम्म मनपर्छ । नराम्रो तब लाग्छ जहिलेबाट चित्त बुझ्दैन । यी कुराहरु नितान्त मेरा धारणा हुन् । कहिलेकाहीँ एकछिन् राम्रै लाग्छ, फेरि अर्को मनले मन परेन भन्न सक्छ, मेरो मनभित्रै पनि दुईवटा मन छ । मेरै मनलाई त चित्त बुझाउन सक्दिन, अरुको मनलाई कसरी बस्मा लिन सक्छु होला र ! आज म मेरो दुईवटै मनले भनेको कुरा यसरी लेख्दैछु । 

सन्दर्भः रमेश सायनका कथाहरु “छुटेका अनुहार” नियाल्दा उनका कथा पनि आफ्नै (मेरै) कथा जस्ता लाग्ने । उनका जीवनका कथा र हाम्रा जीवनका कथाका भोगाइमा समानता भेटेँ मैले । उनी हैन म जस्तै लाग्ने उनका कथाहरु पढ्दै गर्दा । मेरो आफ्नै जीवनका घटेका भोगाइ अनि घटनाहरु रिमाइण्ड हुने र उनका कथामा बग्दै गर्दा आफ्नै जीवनका कथामा पनि बगिने, आफ्नै छुटेका अनुहार पनि सम्झनामा छाउने र आनन्दको अनुभूति दिलाउने । 

मसिना मसिना इभेण्ट तर प्रस्तुतिले मनमा तहल्का मच्चाउने उनका कथा लेखनीको विशेषता पाएँ मैले । उनको लेखनीले कहिलेकाहीँ कमेडी राइटरको झझल्को पनि दियो । कमेडी लेखनी र सिरियस लेखनीको फ्युजन पनि पाएँ मैले चेँ । बाल्यकालमा स्कूल पढ्दा चप्पल हराउँदा घरमा नभनेको, हेडसरको गोदाइले टाउकोमा घाउ भएर घरमा नभनेर जङ्गलमा रुपी खोजेर समय बिताएको, साथीले जादूको नाममा पटक पटक डट्पेन हराइदिएको र घरमा गाली खाएको । गाँजाको लहैलहैमा लागेर घरमा रामधुलाइ भेटेका कथाहरु हाम्रो आफ्नै कथा जस्तै लाग्ने र यी कथाहरु हाम्रै जीवनमा समानरुपले घटेका थिए जस्तै फिल हुने । र कतिपय सायनका रसायन मसँग पनि संयोगवश मिलेको पाएँ । 

उनको कथा पढिरहँदा पूर्णरुपमा नोस्टालजिक बनाइदिने गरेको छ । कलेजका प्रोफेसर र साथीहरुले अर्थशास्त्रमा केही गर्छस्, तेरो भविष्य अर्थशास्त्रमा उज्ज्वल छ भनिरहँदा त्यही विषयमा फेल भएको र सबैजना आश्चर्यमा परेको तीतो अनुभूतिको प्रस्तुतिले व्यङ्ग्य विधामा पनि यीनको प्रचुर सम्भावना छ झँै लाग्छ । 

वान साइडेड लभमा पे्रमिका रिसाउँदा फकाउन आवश्यक नपर्ने जस्ता अभिव्यक्तिले यीनको लेखनीले दर्शन साहित्य पनि ओगटेको आभाष हुन्छ । प्रेम प्रस्तावस्वरुप उनले मन पराएका केटीलाई दिएको हिरोइनको फोटोवाला पोष्टकार्ड च्यातिदिँदा स्कर्ट लाएकी हिरोइन्को टाउको एकातिर खुट्टा अर्कातिर उडेर प्रेम छताछुल्ल भएको दृष्यलाई बडो रोमाञ्चक ढङ्गले प्रस्तुत गरेका छन् । 

बाल्यकालमा भगवानको भेटी चोरेसी मरिन्छ भन्ने बुझाईलाई काँचो आँप टन्न खाएर मर्ने धोकोले पाठकको मन बेस्सरी नै तान्छ झैँ लाग्छ । त्यस्तै योगी विकासानन्दले आफू जे कुरामा कमजोर छौँ त्यही कुरामा हात हालियो भने एक दिन सफल भईन्छ भन्ने प्रवचनबाट प्रभावित भई आफू अतिरिक्त गणित लिएकोमा कसैले पनि तारिफ नगरेर पास नहुने ठोकुवा गरेको कुरा (निबन्ध÷कथा) उल्लेख गर्छन् । 

सिमकार्ड लिएपछि अपरिचितले पनि मोबाइल नम्बर मागिदिए हुने नि भन्ने मनोवैज्ञानिक मनोभावलाई सहजरुपमा लेख्न सक्षम छन् उनी । आफ्ना कमजोरीहरुलाई उनले लाजै नमानी साहित्यिक रुपले शसक्त ढङ्गमा प्रस्तुत गर्नु उनको लेखनी र व्यवहारिक इमान्दारिता पनि हो । यौनका विषयमा पनि उनि खुलेर प्रस्तुत हुन्छन् । उमेर बढ्दै गएपछि भेज जोक्सबाट ननभेजजोक्समा बढेको रुची पनि सहजरुपले बताउन सक्षम छन् उनी । 

कोरिया जानुपूर्व नेपाल हुँदा उनमा रहेको पारिवारीक चिन्ता भन्दा पनि व्यक्तिगत चिन्ता नै महत्वपूर्ण रहेको स्वीकार गर्छन् । उनी लेख्छन्, “दशैमा घर अनिवार्य जानुपथ्र्यो । बाँकी कुनै दिन घर पुग्नुपर्ने बाध्यता थिएन । घर जानु मेरो रहरको विषय होइन । मेरो रहरः खल्तीमा पैसा हुँदा बेस्मारी घुम्नु हो ।” समय र बाध्यताले उनलाई पारिवारिक जिम्मेवारीको बोध गराएको उनी स्वीकार गर्छन् । 

“मेरा सहकर्मीहरुले घर—घडेरी जोडे । परिवार पाले । मलाई ठेगाना बताउन भए पनि घर चाहिन्छ भन्ने ज्ञान भएन । ” कतिपय उनका अभिव्यक्तिले आफैलाई गाली गरेर सुध्रन सचेत बनाएको आभाष हुन्छ । नेपाल रहँदा एक दुई घण्टा पनि खेतबारी खन्न नसक्ने आफू कोरियामा अठार घण्टासम्म पनि निरन्तर काम गर्न सकेको सत्य ओकल्छन् । उनी लेख्छन्, सिरक हुनुहरुलाई रैछ जाडो हुने, शीतल हुनेहरुलाई रैछ गर्मी हुने, जसको सिरक नै छैन, उसलाई जाडो हुँदैन, जसको शीतल नै छैन उसलाई कसरी गर्मी हुन्छ ? आदि आदि । 

सङ्गै कक्षा ५ मा पढ्दाको फस्ट ब्वाइ साथी कामेश्वरलाई आफूभन्दा निकै बूढो देख्छन् । पारिवारिक बाध्यताले बिहे गरेपछि पढाइ नै छाड्न विवश कामेश्वरबारे उनी भन्छन्, “हामी साथीले तेरी बूढी कस्ती छे ? बिहे गर्दा कस्तो हुन्छ ? भनेर नसोधेको भए । क्वारक्वार्ती उसको अनुहार नहेरेको भए । सायद भौलिपल्ट र त्यसपछीका दिनहरुमा कामेश्वर स्कूल आउने थियो होला । ऊ फस्ट ब्वाइ थियो । स्कूल नहापेको भए वर्षौपछि आज भैट्दा उसले मलाई बूढो देख्थ्यो होला । आफूलाई जवान भेट्थ्यो होला ।” यसै विषयमा सायनले यसरी विश्लेषण गर्छन् । “मान्छेलाई समयले भन्दा धेरै नियतिले बूढो बनाउँछ । समयले भन्दा धेरै सपनाले जवान बनाउँछ । नियतिको बल र सपनाको छलले कामेश्वर बूढो भो ।”

उनले बितेका व्यक्तिगत कथा उल्लेख गरेका भएपनि यो पुस्तकलाई निबन्ध भन्न सकिन्छ । निबन्धभित्र कथाका प्लटहरु सिर्जना भएका छन् । बितेका, छुटेका उनी र उनीसँग ठोक्किएका अनुहारहरुलाई पुस्तकमा ल्याण्डिङ गरेका छन् । उनले पुस्तक तयार पारिसकेपछि राम्रो लेख्छस भन्नेलाई, ठीकठीकै लेख्छस् भन्नेलाई झुर लेख्छस् भन्नेलाई र राम्रो लैख्न सक्छस् तर सुध्रनुपर्छ भन्नेलाई धन्यवाद दिएका छन् । उनी सकारात्मक सोच पनि उत्तिकै राख्छन् । सिर्जना क्षेत्रमा उनी दरिलो स्तम्भ भएर ठडिन सक्ने हिम्मत छ उनीमा । ल्याण्डिङ गर्ने सीप तिखारियोस्, लेखनीको शुभकामना । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha