मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्ड महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपाली चेलीको सुखद सुरुवात

शनिबार, २८ पुस २०७५, ११ : ०७
शनिबार, २८ पुस २०७५

काठमाडौं – थाइल्याण्ड महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । थाइल्याण्डको बैंककमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हरायो । 

चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८.४ ओभरमा पूरा गरेको थियो । नेपालको जितमा सिता रानामगरले अविजित २३ र काजल श्रेष्ठले अविजित १४ रन बनाए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धाीरत २० ओभरमा ६ विकेटको क्षतिमा  ४८ रन बनाएको थियो । चीनकी झाङ चानले सर्वाधिक १३ रन बनाइन् । चीनलाई सस्तोमा समेट्न नेपालका करुणा भण्डारीले तीन, नेरी थापाले दुई र  सिता रानामगरले एक विकेट लिए ।
 
प्रतियोगितामा नेपाल समूह ए मा छ । पहिलो जितसँगै दुई अंक बनाएको नेपालले दोस्रो खेल आइतबार मलेसियासँग खेल्नेछ । 

नेपालले सोमबार युएई र बुधबार आयोजक थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप