शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीप बीपीएलमा तेस्रो खेल खेल्दै

शनिबार, २८ पुस २०७५, ११ : ०२
शनिबार, २८ पुस २०७५

काठमाडौं – नेपालका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) मा तेस्रो खेल खेल्दैछन् । सन्दीपको टोली सिलेट सिक्सर्सले शनिबार (आज) साँझ ६ बजे ढाका डाईनामिकसँग प्रतिस्पर्धा गर्दैछ । 

ढाकाविरुद्ध सन्दीप खेल्ने सम्भवना बढी छ । ढाका यस प्रतियोगितामा निकै बलियो देखिएको छ । अघिल्ला तीन खेलमा अपराजित ढाका ६ अंक जोड्लै तालिकाको शिर्ष स्थानमा छ । दुई खेल खेलेको सन्दीप सम्मिलित सिक्सर्सले एक जित र एक हार सहित दुई अंक बनाएको छ । 

सन्दीपले बीपीएलको डेब्यु खेलमा चार ओभर बलिङ गर्दै १६ रन खर्चेर दुई विकेट लिएका थिए । दोस्रो खेलमा भने सन्दीप विकेट विहिन बने । दोस्रो खेलमा चार ओभर बलिङ गरेका उनले २१ रन खर्चेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप