शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाको चाहनाः नेमार ‘इन’ कोउटिन्हो ‘आउट’ !

शनिबार, २८ पुस २०७५, ११ : ००
शनिबार, २८ पुस २०७५

एजेन्सी – बार्सिलोना मिडफिल्डर फिलिप कोउटिन्होले क्लब छाड्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले उल्लेख गरेका छन् । बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभर्डेले कोउटिन्होलाई टोलीको पहिलो रोजाईमा पार्न छाडेपछि कोउटिन्होले बार्सिलोना छाड्ने संकेत देखाएका छन् । 

बार्सिलोनाको पहिलो रोजाईमा पर्न संघर्षरत कोउटिन्हो इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने हल्ला चलेको छ । युनाइटेडले पनि कोउटिन्होलाई नजिकबाट नियाली रहेको छ । 

लिभरपुलका पूर्व खेलाडी कोउटिन्होलाई बार्सिलोनाले एकबर्ष अघि एक सय ४३ मिलियन पाउण्डमा भित्र्याएको थियो । २६ बर्षीय कोउटिन्होको बार्सिलोनासँगको संझौता सन् २०२३ सम्म रहेको छ । कोउटिन्होले बार्सिलोनाका लागि ३४ खेल खेल्दै १२ गोल गरिसकेका छन् । 

बार्सिलोना अहिले काउटिन्होलाई बेचेर आफ्ना पूर्वस्टार नेमारलाई अनुबन्धन गर्ने चक्करका लागेको समाचार बाहिर आएका छन् । बार्सिलोना नेमारका लागि चाहिने रकम कोउटिन्होको ट्रान्सफरबाट उठाउने लक्ष्यमा छ ।

नेमार सन् २०१७ को ट्रान्सफर विन्डोमा दुई सय २२ मिलियन पाउण्डमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) गएका थिए । नेमार पछिल्लो समय पीएसजीमा रम्न नसकेको र बार्सिलोना आउन चाहेको समाचारहरु पटकपटक आईरहेका छन् । पीएसजीसँग नेमारको संझौता सन् २०२२ सम्म रहेको छ । यी दुई खेलाडीको संझैता कसरी तोडिन्छ । त्यो निकै चासोको विषय बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप