बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको समीक्षा गर्ने बेला भएको छैन : मन्त्री खनाल

शुक्रबार, २७ पुस २०७५, १९ : ००
शुक्रबार, २७ पुस २०७५

बुटवल– कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले सरकारको समीक्षा गर्ने बेला नआएको बताएका छन् । शुक्रबार अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको चौथो अर्घाखाँची महोत्सवको उद्घाटन गदै खनालले सो कुरा बताएका हुन् ।  

निर्वाचनको समयमा गरिएका बाचा पुरा गर्ने बताउँदै उनले वृद्धवृद्धाहको भत्ता सरकारले दोब्बर बनाउने स्पष्ट पारे । नेपालमा पानी जहाज र रेलको कुरा सपना नभई वर्तमान सरकारले ५ वर्षमा पुरा गर्ने बताए । 
गुल्मीमा रहेको कफीजोन लाई सुपरजोनमा परिणत गरी ५ जिल्लामा कफी उत्पादनमा सुधार ल्याउने गरि योजना राखिएको बताए । अर्घाखाँची जिल्ला मासु दुध उत्पादन आत्मनिर्भर रहेको बताउँदै खनालले बुटवलमा बिक्री केन्द्र बनाउने योजना रहेको बताए ।

कार्यक्रममा मन्तव्य राख्दै पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझीले जिल्लाको विकासमा सबै एकजुट भई लाग्नुपर्नेमा जोड दिए । नेता रायमाझीले निर्माणधीन विमानस्थलले १÷२ वर्षमा पूर्णता पाउने बताउँदै जिल्लाको विकासको लागि आफुले मेघा पोजेट ल्याइरहेको बताए । 

कार्यक्रममा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्जल प्रदेशसभा सदस्य चेतनारायण आचार्य रामजी घिमिरे निर्मला क्षेत्री, जालपा भुसाल, जिल्लास्थित राजनीतिक दलका प्रमुख सरोकारवाला निकायले कार्यक्रम सफलताको शुभकामना दिँदै महोत्सवले जिल्लाको विकासका लागि सहयोग पुग्ने बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप