बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम खप्तड गोल्डकप : संकटा क्वार्टरफाइनलमा

शुक्रबार, २७ पुस २०७५, १८ : ५०
शुक्रबार, २७ पुस २०७५

काठमाडौं– संकटा क्लब धनगढीमा जारी तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरको छ । धनगढी रंगशालामा शुक्रबार भएको खेलमा संकटाले गोर्खा ब्वाइज रुपन्देहीलाई २–० गोलले हरायो ।

संकटाले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो । संकटाका रवि सिलवालले गोल गरे । रविले जय गुरुङको पासमा पोस्ट नजिकबाट गोल गरेका थिए । ८३ औं मिनेटमा फोफाना इब्राहिमको पासमा एलोन म्याक्सवेलले गोल गर्दै संकटाको जित पक्का बनाएका थिए । गोर्खा ब्वाईजको गोल फर्काएन प्रयास अन्तिमसम्म सफल हुन सकेन ।

खेलपछि विजयी टोली संकटाका प्रशिक्षक सल्यान खड्गीले खेल जितेपनि मैदानको अवस्थाका कारण सोचेअनुरुप प्रदर्शन गर्न नसकेको बताए । गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले मौका पाएपनि सदुपयोग गर्न नसक्दा हार आएको बताए ।

मोफसलको सर्वाधिक पुरस्कार राशी रहेको दावी गरिएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । शनिबार नेपाल एपीएफ क्लब र मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप