बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकद्वारा थप सुरक्षित मास्टरकार्ड डेबिट कार्डको शुभारम्भ

शुक्रबार, २७ पुस २०७५, १८ : ४८
शुक्रबार, २७ पुस २०७५

काठमाडौं– हिमालयन बैंक लिमिटेडले अन्तराष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा शुभारम्भ गरेकोे छ । 

यसै अवसरमा हिमालयन बैंकका ग्राहकहरुले मास्टरकार्डबाट कारोबार गरि सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेन्टहरुमा (होटल, रेष्टुराँ, पब लगायत अन्य पसलहरु) २०% सम्म छुट पाउने छन् । यसै अवसरमा बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि सो कार्ड निशुल्क प्रदान गर्ने जानकारी गराएको छ ।

यस बाहेक मास्टरकार्ड धारी ग्राहकहरुले उक्त कार्ड नेपाल भरिका कुनै पनि पस मेशिनमा प्रयोग गरि सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने छन् । बैंकद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रिय प्रमुख पोरुष सिंहले उक्त कार्डको सेवा शुभारम्भ भएको घोषण गरे ।

उक्त अबसरमा बोल्दै बैंकका कार्यकारी प्रमुख राणाले मास्टरकार्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उनले उक्त कार्डद्धारा बैंकका ग्राहकले अझ बढि सेवा सुविधा सुरक्षित रुपमा पाउने विश्वास व्यक्त गरे । उनले उक्त कार्ड अत्याधुनिक चिप र पिन बाट सुसज्जित रहेको र नयाँ खाता खोल्दा ग्राहकहरुका लागि निशुल्क प्रदान गर्ने जानकारी गराए । ग्राहकहरुले उक्त कार्ड नेपाल तथा भारतका प्रायजसो एटीएम र पस मेशिनमा प्रयोग गर्न सक्नेछन् । 

उक्त अवसरमा मास्टरकार्डका तर्फबाट पोरुष सिंहले पछिल्ला वर्षहरुमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको हुँदा मास्टरकार्डले उक्त प्रगति पथमा हिमालयन बैंक संग सहकार्य गर्न पाउदा गौरवान्भित भएको बताए । उनले डेबिट कार्ड डिजिटल युगको प्रणालीमा अभिन्न अंग रहेको विश्वास गरेका छन् । उनले ग्राहकहरुलाई डिजिटल भुक्तानीमा उक्त कार्डमा भएको सुविधा र सुरक्षाको प्रत्याभुतिले उक्त कार्ड प्रयोग गर्न प्रोत्साहन गर्ने पनि बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप