लिवर्टी इनर्जी कम्पनीले सम्पन्न गर्यो नवौं वार्षिक साधारण सभा
काठमाडौं–लिवर्टी इनर्जी कम्पनी लि. को नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभा कम्पनीका अध्यक्ष कुश कुमार जोशी, कम्पनीका प्रवन्ध सञ्चालक डा. आत्माराम घिमिरे, सञ्चालकहरुसुशिल थापा, राम बहादुर पाण्डे र राजेन्द्र वस्ती को उपस्थितिमा पेश गरिएका सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ ।
हाल यस कम्पनीले ३ वटा जलविद्युत आयोजनाहरु अघि बढाएको छ । उक्त आयोजनाहरु मध्ये लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा रहेको छ र आयोजना प्रभावित स्थानीय तथा सर्व–साधारण समेतलाई साधारण शेयर जारी गर्न एनआईविएल एस क्यापिटलसँग यस अघिनै सम्झौता गरिसकेको छ ।
उक्त आयोजनाको हालसम्म करिब ८५% निर्माण कार्य सम्पन्न भईसकेको र व्यापारिक उत्पादन गर्नुपर्ने मिति आगामी २०७६ भाद्र महिनामा रहेतापनि सो अगावै विद्युत उत्पादन गरिने जानकारी गराएको छ ।
साथै कम्पनीद्धारा सर्भेक्षण अनुमति पत्र प्राप्त बागलुङ जिल्ला स्थित बडीगाड खोलामा २४.६ मे.वा. क्षमताको बडिगाड खोला जलविद्युत आयोजना र लमजुङ जिल्ला स्थित लोदोखोलाबाट १.६ मे.वा क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आईईई रिपोर्ट बनाउने र पिपीए गर्ने चरणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ