मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिभिजनमा अब करार कर्मचारी

शुक्रबार, २७ पुस २०७५, १५ : ५४
शुक्रबार, २७ पुस २०७५

काठमाडौं– सरकारले नेपाल टेलिभिजनमा करारमा कर्मचारी राख्ने कानुनी व्यवस्था गर्ने भएको छ ।  स्थायीमा रहेका कर्मचारीको क्षमताले मात्रै नेपाल टेलिभिजनको समाचारलगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने सकिने अवस्था नरहेको निष्कर्ष निकाल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल  बास्कोटाले करारमा कर्मचारी राख्ने कानुनी व्यवस्था गर्न लागिएको जानकारी गराएका हुन् । 

शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले लिखित परीक्षा पास गरेर आएका समाचार बाचक वा बाचिकाहरुको बोलीमा प्रभावकारी हुने अवस्था नरहेको व्यवहारिक अनुभवले बताएको उल्लेख गर्दै केहीलाई करारमा राखेर सो आवश्यक्ता पूर्ति गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे । 

समावेशीतालाई असर नपर्ने गरी सो व्यवस्था गर्ने सञ्चारमन्त्री बास्कोटाको योजना छ ।बैठकमा समितिका सदस्यहरुले नेपाल टेलिभिजन र रेडियो नेपालको कार्यक्रमलाई प्रभावकारी बनाउन र जनतामा सहज पहुँच पुर्याउने योजना ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप