बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्वीटरमा पृथ्वीनारायण शाह !

शुक्रबार, २७ पुस २०७५, १४ : ००
शुक्रबार, २७ पुस २०७५

काठमाडौँ । आज २९७ औँ पृथ्वी जयन्ती । पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

यता, समाजिक सञ्जाल पनि पृथ्वी जयन्तीको विषयमा विभिन्न टिप्पणीहरुले रङ्गिएका छन् । 

हेरौँ कसले के लेखेः

केपी ओली 
नेपालीले पाएको स्वतन्त्र, सार्वभौम, राष्ट्रका गौररवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई । उनले नेपाल भौगोलिक एकीकरण गरी भाषिक, जातीय, सांस्कृतिक लगायतका अनेक विविधताका बीच मजबुत एकताको आधार तयार गरे ।

बाबुराम भट्टराई 
नेपालको भौगोलिक एकीकरणमा अग्रणि व्यक्तित्व पृथ्वीनारायण शाहको २९७ औँ जयन्तिको सन्दर्भमा सबैमा हार्दिक शुभकामना । नेपालका विभिन्न जाति, भाषा र संस्कृतिको समान पहिचान र अधिकार सहितको इन्द्रेणी राष्ट्रियता र संघियताको प्रवर्धन गरेर भौगोलिक एकिकरणलाई भावनात्मक एकिकरणमा रुपानतरण गरौँ । 

शेरबहादुर देउवा 
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिन तथा राष्ट्रिय एकता दिवसको सबैमा शुभकामना । 

रवीन्द्र मिश्र 
मतभेद, मनभेद जे–जे रहेपनि राष्ट्रहितको विषयमा सधैँ एक हुन सकियोस् । राष्ट्रहित प्रथम प्राथमिकता होस । राष्ट्रिए एकता दिवसको शुभकामना । 

कमल थापा

स्याबास ! राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने राप्रपाले जितेका धादिङ जिल्लाका रुबी भ्यालि गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङलाई धन्यवाद । 

सुरेस ढकाल 
पृथ्वीनारायण शाहको ऐतिहासीक योगदानको कदर गर्नुपर्छ भनेको उनको शालिकमा माल्यार्पण गर्नु मात्र हो ? के गर्नु पथ्र्यो त ? त्यो त त्यत्रा विश्विद्यालयहरु छन्, राज्यका अनेक निकाय होलान  त्यो थाहा पाउने, तिनले भनुन् । कि तिनैले सुझेको माल्यार्पण मात्र हो ?

भिर्माजुन आचार्य
उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्ने लोभीपापीहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन । नेपाल र नेपालीको पहिचान उनकै देन हो । कहिले कहाँ जन्मेका माओ, मार्क्स वा यस्तैका दिवसलाई आदर्श मान्ने तर आफ्नै राष्ट्रको दिवसलाई छिःछीः गर्ने आदत राम्रो होइन ।

केदार शर्मा
मलाई मेरो देश दिने पृथ्वीनारायण शाहप्रति श्रद्धा–सुमन !
मलाई त आजको दिनलाई पृथ्वी जयन्ती मात्र होइन, ‘नेपाल दिवस’ भन्न मन लाग्छ ।

हस्त गुरुङ
सार्वभौम र स्वतन्त्र राष्ट्रको महत्व बुझ्ने र त्यसलाई उच्च सम्मान दिने कुनै पनि नागरिकले पृथ्वीनारायण शाहको निन्दा गर्दैन । राष्ट्र निर्माताको निन्दा गर्नेले परचक्रीको सेवा गर्दछ । तिनीहरु देशको स्वतन्त्रताको लागि सदैव घातक हुन्छन् ।

युवराज संग्रौला
एकीकरण सबै नेपाली जनताको श्रम र बुद्धिको प्रतिफल हो । हेरेक नेपालीका पुखाृको जस यसमा गाँसिएको छ । यो शाहवंशको इतिहास होइन, नेपालीको इतिहास हो । पृथ्वीनारायण र उनको सेना उपनिवेशबिरुद्धको अवाज थियो । तेसैले पृथ्वी एसियाका उपनिबेश शोषित जनताका स्वतन्त्रताका आवाज थिए ।

पर्शुराम काफ्ले
राष्ट्रनिर्माता श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ आफैंमा महापर्व हो । यो धर्तीमा यस्ता महापुरुषको जन्म एउटा बिशेष कालखण्डमा मात्र हुने गर्दछ । नेपाललाई सग्लो र सिङ्गो हिन्दू राष्ट्र बनाउने महानायकप्रति हार्दिक श्रद्धासुमन । राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना ।

लक्ष्मण श्रेष्ठ
पृथ्वीनारायण मेरा लागि आलोचना र पूजाभन्दा परका पात्र हुन् । नेपाल राज्य निर्माणमा उनको भूमिका मेरो अध्ययनको क्षेत्रमा अटाउँछ । केही समय पहिला उनीबारे बोल््ने क्रममा बनाएका केही टिपोट । उनी हत्यारा हुन् भने संसारका सारा राज्य निर्माणका अगुवा हत्यारा हुन्, फूल रोपेर कुनै देश बनेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप