शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : भिड्दै ‘चौका दाउ’ र ‘भिलेन’

शुक्रबार, २७ पुस २०७५, १३ : ४०
शुक्रबार, २७ पुस २०७५

काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नयाँ चलचित्र प्रदर्शनमा आए । गत साता कुनै पनि नयाँ चलचित्र रिलिज नभए पनि यो साता भने ‘भिलेन’ र ‘चौका दाउ’ एक अर्काेसँग भिड्न कम्सिएका हुन् ।

देशभर एकसाथ प्रदर्शनमा उत्रिएका यी दुई मध्य ‘भिलेन’ देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्, भने ‘चौका दाउ’ पुणेन्द्र झाको निर्देशनमा तयार भएको हो ।

‘चौका दाउ’
सामाजिक कथामा आधारित हाँस्यप्रधान चलचित्र ‘चौक दाउ’ मुलुक सात दर्जन बढि हलबाट प्रदर्शनमा हो । ‘माघे सक्रान्ती’को छेको पारेर प्रदर्शनमा आएको यो चलचित्र संगीतकार शम्भुजीत बासकोटाले निर्माण गरेका हुन् ।

सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रमा चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह रहेका छन् ।

पाँचौ चौकाको रुपमा अजश्र ढुङ्गानालाई देख्न पाइन्छ । चलचित्रमा मात्र ‘मिस्सी’को रुपमा अभिनेत्री वर्षा राउत प्रस्तुत भएकी छिन् । अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिव शँकर रिजाल छन् ।

पौढदेखि तन्नेरी पुस्तासम्मका पुरुषहरुको युवती प्रतिको आकर्षण र त्यस्ले निम्त्याउने परिणाममा चलचित्र केन्द्रित रहेको छ । चलचित्रको दुई गीत ‘राधा पियारी...’ र ‘मेरो माया कतारमा...’ चर्चामा छ । 

‘भिलेन’
अभिनेता निखिल उप्रेतीको समेत अभिनय रहेको भिलेनमा शिल्पा पोखरेल, कपिल खत्री, निशा अधिकारीलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । 

कपिलकै निर्माण रहेको चलचित्रमा तराई र पहाडको प्रेमको द्वन्द्वात्मक कथा बिषय बनाइएको बताइएको छ । दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता रहेको फिल्मका राजकुमार श्रेष्ठ सह–निर्मातामा हुन् । 

मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरी, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप