बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संविधान संस्थागत गर्नमा सरकार चुकिरहेको छः नेता सिंह

शुक्रबार, २७ पुस २०७५, १३ : २२
शुक्रबार, २७ पुस २०७५

कैलाली– नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नयाँ संविधानलाई संस्थागत गर्नमा वर्तमान सरकार चुकिरहेको आरोप लगाए । 

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘दुई तिहाई बहुमतको वर्तमान सरकार संविधानलाई संस्थागत गर्नका लागि ईमानदारिताका साथ अगाडि बढ्न नसकेको हो ।’ 

नेता सिंहले सुशासन, विकास र समृद्धिको नारा सरकार अगाडि सारेको छ तर सरकारको काम कारवाही र गतिविधि हेर्दा भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको देखिएको छ भन्दै जनतालाई केन्द्रविन्दुमा राखेर राहत दिने ठाउँमा सरकार अल्मलिएको जस्तो देखिएको धारणा व्यक्त गरे । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप