बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर : साढे ५ अर्ब भन्दावढीको कारोवार

शुक्रबार, १३ साउन २०७४, १४ : ५३
शुक्रबार, १३ साउन २०७४

काठमाडौं–नेपालको पुँजी बजारमा यो साता ५ अर्ब ५० करोड रुपैयाँ भन्दावढी कारोवार भएको छ । साताको दई दिन सामान्य घटेको बजार अन्तिम दिन भने बढेर नै बन्द भएको छ ।  


साताको पहिलो दिन आईतबार बजार ०.१९ अंकले घटेको थियो । एक सय ५१ कम्पनीको १५ लाख ५७ हजार १ सय ५६ कित्ता सेयर किनवेच भएको यो दिन एक अर्ब ६ करोड एक लाख ३८ हजार ४ सय २९ रुपैयाँको कारोवार भएको थियो । 


बैकिङ, जलविद्युत, फाइनान्स र ‘अन्य’ समूहको सूचक घटेको यो दिन होटल समूहको सूचक ४.३४ अंकले बढेको थियो भने विकास बैंक समूहको सूचक १.५६, बीमा समूहको सूचक २७५.४४ र उत्पादनमुलक समूहको सूचक १६.९१ अंकले बढेको थियो । 


यस्तै,  सोमबार ६.४८ अंकले ओरालो लागेको बजारमा  एक सय ५३ कम्पनीको १७ लाख ४० हजार ४ सय ५७ कित्ता सेयर बिनवेचवाट एक अर्ब ६ करोड ८१ लाख ६६ हजार ७ सय ६९ रुपैयाँको कारोवार भएको थियो । बैक, होटल, बिकास बैंक, जलविद्युत समूहको सूचक ओरालो लागेको यो दिन पनि फाइनान्स, बीमा र उत्पादनमुलक समूहका मात्र सूचक बढेका थिए । 


बैकिङ समूहको सूचक १५.२६ अंकले घटेको यो दिन होटल समूहको सूचक २६.७१, बिकास बैंक समूहको सूचक ७.०४, जलविद्युत समूहको सूचक ४.०२ र अन्य समूहको सूचक ०.५८ अंकले घटेको थियो । फाइनान्स समूहको सूचक ३.६१, बीमा समूहको सूचक १००.७ र उत्पादनमुलक समूहको सूचक ३९.७८ अंकले बढेको यो दिन कारोवार रकम भने एक अर्ब भन्दा माथिनै थियो । 


साताको तेस्रो दिन मंगलबार बजार ७.११ अंकले बढेको थियो । एक सय ५६ कम्पनीको १३ लाख ७१ हजार एक सय १० कित्ता सेयर खरिद विक्रि भएको बजारमा ९४ करोड ८५ लाख ६५ हजार एक सय ६ रुपैयाँको कारोवार भएको थियो । 


बैंकिङ समूह र ‘अन्य’ समूहको सूचक सामान्य घटेको यो दिन अरु सवै समूहको सूचक हरियो भएका थिए । होटल समूहको सूचक ८.३९ अंकले बढेको थियो भने ट्रेडिङ १.३५ अंकले उक्लिएको थियो । यस्तै, बिकास बैंक समूहको सूचक ६.४८, जलविद्युत समूहको सूचक १८.०३, फाइनान्स समूहको सूचक ६.९६ अंकले बढेका थिए । 


यस्तै, बीमा समूहको सूचक १५७.३२ र उत्पादनमुलक समूहको सूचक ७९.८५ अंकले बढेको थियो । एक सय ५३ कम्पनीको १७ लाख ४० हजार ४ सय ५७ कित्ता सेयर बिनवेच मंगलबार एक अर्ब ६ करोड ८१ लाख ६६ हजार ७ सय ६९ रुपैयाँको कारोवार भएको थियो । 


बुधबार बजार ८.८४ अंकले बढेको थियो । एक सय ५६ कम्पनीको २५ लाख ३५ हजार सेयर किनवेच भएको बुधबार एक अर्ब २९ करोड ३ लाख ९० हजार रुपैयाँको कारोवार भएको थियो । होटल समूहको सूचक २५.४३, बिकास बैंक १४.४१, वित्तिय समह ४.०२, बीमा समूह ३०९.८९, उत्पादनमुलक समूह ३५.४२ र अन्य समूहको सूचक ०.८७ अंकले बढेको थियो । बैकिङ समूहको सूचक ५.४२ र जलविद्युत समूहको सूचक भने १.९९ अंकले घटेको थियो । 


यस्तै, साताको अन्तिम दिन बिहीबार भने एक सय ४९ कम्पनीको १८ लाख ३९ हजार कित्ता सेयर किनवेचवाट एक अर्ब १५ करोड वरावरको कारोवार भएको छ ।

बिहीबार बजार १.५ अंकले बढेर १६४६.५३ अंकमा पुगेको छ । गत बर्षको साउन १२ गते नेप्से ऐतिहासिक विन्दुमा पुगेको थियो । यो साताभर ५ अर्ब ५१ करोड रुपैयाँ भन्दावढीको सेयर खरिदविक्रि भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप