बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिबाट माल्यार्पण (फोटोफिचर)

शुक्रबार, २७ पुस २०७५, १२ : ४४
शुक्रबार, २७ पुस २०७५

काठमाडौँ । आज पुस २७ अर्थात पृथ्वीनारायण शाहको जन्मजयन्ती । आज विभिन्न संघ सस्थाले विभिन्न कार्यक्रम गरेर पृथ्वीजयन्ती मनाएका छन् । यसैक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरवार पश्चिम गेटमा रहेको शाहको शालिकमा माल्यार्पण गरेकी छन् । 

२९७ औं पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् । 

सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । त्यस्तै सञ्चारमन्त्री गोकुल बास्कोटा, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी, लगायतले पनि शाहको शालिकामा माल्र्यापर्ण गरेका छन् । सो अवसरमा र्याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो । 

पृथ्वी नारणण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको स्मरणमा पृथ्वी जयन्ती मनाउने गरिएको छ  । यद्यपी पृथ्वी जयन्तीमा सरकारले यसअघि विदा दिने निर्णय गरेपनि हाल कटौती भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप