केन्द्रीय संस्करण

पृथ्वीनारायणको मैथिली भाषा ज्ञान

person explore access_timeपुस २७, २०७५ chat_bubble_outline0

गोरखनाथका भक्त पृथ्वीनारायण शाहले डबल र मोहरमा श्रीश्रीश्री गोरखनाथ भत्रे उत्कीर्ण गराएको पाइन्छ । तत्कालीन नेपालमा जोसमनी सन्तहरूले प्रयोग गर्ने गरेको मिश्रित भाषायुक्त सधुक्कडी हिन्दीको सन्त साहित्यको गोरखनाथको भजन (प्रज्ञा, अङ्क ९९, शिवगोरखनाथ उत्पत्ति, डा. राजाराम सुवेदी) पृथ्वीनारायणको अति प्रिय भजन थियो ।

बाबा गोरषनाथ सेवक सुख दाये, भजहुं तो मन लाये ।
बाबा चेला चतुर मछिन्द्रनाथको, अधबुध रूप बनाये ।।
शिवके अंश शिवासनकाये, सिद्धिमहा बनि आए । बाबा गोरष ....।।१
सिंघिनाद जटाकुबरी, तुम्वी बगल दवाये ।
समथन भाग बघम्बर बैठे, तिन हि लोक बरदाये । बाबा गोरष ...।।२
मुद्रा कानमै अतिसोभिते, गेरुवा वस्त्र लगाए ।
गलै माल रुद्राछे सेली, तनमे भष्म चढाये । बाबा गोरष ...।।३
अगम कथा गोरषनाथकि, महिमा पार न पाये ।
नरभुपाल साहजिउको नन्दन, पृथिनारायण गाये ।। बाबा गोरष ...।।४

बहुभाषा ज्ञाताको ज्ञानको दायरा फराकिलो हुन्छ भनिन्छ । पृथ्वीनारायण शाह आफ्नी रानीसित कुन भाषामा बातचित गर्दथे ? के उनलाई नेपालीका अतिरिक्त मैथिली भाषाको ज्ञान पनि थियो ?

तत्कालीन नेपाल र गोरखाको बीचमा राजनीतिक एवम् व्यापारिक सम्बन्धसमेत रहेको थियो । तत्कालीन ललितपुर राज्यसित गोरखाका राजा राम शाहले विधिवत नै सम्झौता गरी ललितपुरबाट व्यापारीहरूलाई गोरखामा व्यापार गर्न लगिएको थियो । त्यस्तै गोरखाका राजाहरूले समय समयमा नेपालको भ्रमण गर्ने गरेका थिए । पृथ्वीनारायण शाह भक्तपुर पुगी राजा रणजित मल्लसँग राजा नरभूपाल शाहको पगरी साटी मितबाको सम्बन्ध गांसे भने रणजितका छोरा युवराज वीरनरसिंह मल्लसित मितको सम्बन्ध कायम गरेका थिए, जो पछि गोरखालीको आक्रमणमा परी वीरगति प्राप्त गरेका थिए ।

“गोरखाका राजा पृथ्वीपति शाहको कैथी मिति पत्रको मात्र होइन कैथी भाषाको समेत प्रयोग देखिनाले श्री ५ पृथ्वीनारायण शाहभन्दा पहिले पनि कायस्थको प्रवेश गोरखामा भएको देखिन्छ ।” (चित्रगुप्त स्मारिका, २०६२, काठमाडौँ)

नेपालमा विक्रम संवत् मात्रै प्रयोग भएको सबभन्दा पुरानो लेखौट नरभूपाल शाहको मैथिली अवधि मिश्रित भाषामा लेखिएको एक ताम्रपत्र देखिन्छ ।

सेनराज्यको राजनीतिक इतिहास (ले. मोहन प्रसाद खनाल) पुस्तकको परिशिष्टमा सेन राजाहरूद्वारा जारी पत्रको सङ्कलन दिइएको छ, जुन मैथिलीमा रहेको छ ।

कान्तिपुर दैनिक २०६०।०६।२१ को अङ्कमा प्रकाशित प्रा.डा. माधवप्रसाद पोखरेलको ‘धरान ः गुप्त सम्राटदेखि मेडिकल कलेजसम्म’ लेखमा,

“सेन राज्यको राजभाषा मैथिली थियो, त्यसैले विजयपुरका सेन राज्यका चिठ्ठीहरू सबै मैथिली भाषामा लेखिएको पाइन्छ । विजयपुर क्षेत्रको सरकारी कामकाजमा नेपाली भाषाको प्रयोग भएको गोर्खालीहरूले विजयपुर राज्य जितेपछि मात्र हो । इतिहासको कुनै चरणमा सरकारी कामकाजमा मैथिली भाषाको प्रयोग पाल्पादेखि विजयपुर अर्थात् गण्डकीदेखि टिष्टासम्म थियो । काठमाडौँ उपत्यकाका मल्ल राजाहरू पनि राजभाषाको रूपमा मैथिलीको प्रयोग गर्थे भत्रे पाइन्छ ।

सेनहरूले नै दन्तकाली र पिण्डेश्वरको मन्दिर र बालकुमारीथान बनाएका हुन् । सेनहरूकै पालामा लेखिएको ‘रुद्राक्षारण्य माहात्मय’मा बालकुमारीलाई ‘बालाम्बा’ लेखेको पाइन्छ । सेन राजाहरूले नै दन्तकाली र पिण्डेश्वर मन्दिरमा गुठीको व्यवस्था गरेका हुन् । दन्तकालीका खनाल पुजारीहरूलाई सेनहरूले नै नियुक्त गरेर लालमोहर दिएका हुन् । सेनराज्य सकिएपछि शाहकालमा पनि त्यो थिति नै थमौती गरिएको हुनाले अहिले पनि त्यही व्यवस्था कायम छ । विजयपुरका सेन राजाहरूका गुरूपुरोहित चाहिँ धनकुटा कुरुलेका बराल थिए भत्रे कुरो योगी नरहरिनाथले ‘रुद्राक्षारण्य माहात्मय’को भूमिकामा लेखेका छन् ।”

शाह वंशावलीअनुसार गोरखाली राजाहरूको सेन राजाका छोरीहरूसित बिहावारी चलेको देखिन्छ । द्रव्य शाहका नाति राम शाहको विवाह मुकुन्द सेनका साहिँला छोरा भृङ्गीसेनकी नातिनी विष्णावती (नयनावती) सित भएको थियो । पृथ्वीनारायण शाहका बाबु नरभूपाल शाहकी आमा तनहुँका राजा दामोदर सेनकी छोरी (मल्लिकावती) देखिन आउँछिन् । नरभूपाल शाहको जन्म तनहुँमा नै भएको थियो । नरभूपाल शाहका विवाहित चार जना रानीहरू र दुई जना भित्रिनी रानीहरू थिए । नरभूपाल शाहको दोस्रो विवाह पाल्पा राज्यका राजा गन्धर्व सेनकी छोरी कौशल्यावती (जेठी रानी खाँचीकी राजकुमारी चन्द्रप्रभावतीकी फुपूकी छोरी) सित भयो भने चौथो विवाह तनहुँकी राजकुमारी शुभद्रावतीसित भयो । आफ्ना कान्छा मामा पाल्पाका युवराज उद्योत सेन तीर्थाटनको क्रममा गोरखा पुगेपछि भएको बातचित–छलफलको क्रममा “...षसको सवार. भन्या को. ताजि. तुर्कि घोडा हो. षसको. सवार. ग¥या. चांडो होला. भन्या जस्तो लाग्छ.” भत्रे पृथ्वीनारायणले अर्ती पाएका थिए ।

पृथ्वीनारायण शाहको पहिलो विवाह करिब १५ वर्षको उमेरमा वि.सं. १७९४ मा मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भयो । पृथ्वीनारायण सं. १७९९ मा गोरखाको राजा भएपछि ससुरा हेमकर्ण सेनले ज्वाइँ जिजिविषालाई हौसला दिने उद्देश्यले भारततिरका दक्ष कारिगर झिकाई एक वर्षसम्म परिश्रमपूर्वक तयार पारेको जेठी तरवार एउटा आफूसँग राखी अर्को ज्वाइँं पृथ्वीनारायणलाई पठाइदिएका थिए । त्यस्तै दोस्रो विवाह वि.सं. १७९६ मा गोरखपुर र बनारसको बीचमा विहार प्रान्तको पश्चिम आरा जिल्लाका अहिमान सिंह राजपुत (न्वारानको नाम (दयाराम सिंह) की छोरी नरेन्द्रलक्ष्मीसित भयो । वर्तमान नेपाल कानुन बमोजिम भत्रे हो भने पृथ्वीनारायणकी जेठी रानी नेपालको वंशजको नागरिक हुन्थिन् भने कान्छी रानी अङ्गीकृत । पृथ्वीनारायण शाहका ज्येष्ठ सुपुत्र प्रतापसिंह शाहको विवाह पाल्पाका राजा मुकुन्द सेन (द्वितीय) की छोरी राजकुमारी राजेन्द्रलक्ष्मीसँग भएको थियो भने द्वितीय सुपुत्र बहादुर शाहको विवाह पाल्पाका राजा महादत्त सेनकी छोरी विद्यालक्ष्मीसित भएको थियो ।

द्रव्य शाहका राजगुरु इस्माका नारायणदास अज्र्याल थिए । नन्दा मिश्रको विद्वताबाट प्रभावित भएका राम शाहले उनै मिश्रलाई वाराणसीबाट गोरखा ल्याई शाहहरूका सुरुवाती गुरु नारायणदास अज्र्यालका छोरा–नातीको ठाउँमा नन्दा मिश्रलाई राजगुरु बनाएका थिए । भानु जोशी अज्र्यालले पृथ्वीनारायण शाहलाई गायत्री मन्त्र म सुनाउँछु भनेर पृथ्वीनारायणका जेठी आमालाई विन्ती गर्दा बाठी रानीले पृथ्वीनारायणलाई शिकार खेल्न मैदी भत्रे ठाउँमा पठाएर उतै व्रतवन्ध सकाएको पाइन्छ । जगत्राथ थानमा श्रीहर्ष मिश्रले पृथ्वीनारायणलाई गायत्री र दीक्षा दुवै मन्त्र दिएका थिए । राजेन्द्रलक्ष्मीलाई भनेर बहादुर शाहलाई कैदबाट रिहा गराउन र सुगौली सन्धि गर्दाका बखत राजगुरु गजराज मिश्रले खेलेको भूमिका चर्चित छन् । कीर्तिपुरेहरूबाट हरण गरिएका विर्ता जग्गा मिश्र गुरुज्यूहरूलाई दिइएको थियो । गोरखाका प्रसिद्ध छ–थरमा पाण्डे, अज्र्याल, पन्थ, राना, खनाल र बोहोरा भत्रे उल्लेख भएकोमा ती थरका अतिरिक्त वाराणसीबाट ल्याइएका मिश्रहरू पनि त्यस बखत निक्कै शक्तिशाली रहेको अनुमान गर्न सकिन्छ । भनिन्छ, पृथ्वीनारायणको दुवै विवाहमा जेठी आमा चन्द्रप्रभावती र राजगुरु मिश्रको बलियो भूमिका थियो ।

पत्रकार रोहित खतिवडाको ‘नेपाली भाषाको हजार वर्ष’ शीर्षकमा २ दिन लेख प्रकाशित भएको थियो । प्रो. बालकृष्ण पोखरेलसँगको कुराकानीमा आधारित उक्त लेखका अनसार प्रो. पोखरेलले शाह वंशसँग सम्बन्धित अभिलेखलाई निकै प्राथमिकताकासाथ किताबमा राखेका छन् । पृथ्वीनारायण शाहलाई सबैभन्दा ठूलो महत्त्व दिएका उनले ‘पृथ्वी साहित्य’ भनेर छुट्टै अध्याय नै राखेका छन् । तर पृथ्वीनारायण शाह अघि पनि नेपाल उपत्यकामा नेपाली भाषा रहेको यो किताबमा सङ्कलित अभिलेखहरूले देखाउँछन् । मल्ल राजाहरूका पालामा शीलालेख बनाउँदा आंशिक वा पूर्ण रूपमा नेपाली भाषा प्रयोग गर्ने प्रचलन नेपाल उपत्यकामा थियो ।

बरु काठमाडौँ पूर्वमा यसअघि नेपाली भाषा चलेको कुनै प्रमाण यो किताबमा भेटिँदैन । पूर्वमा मुख्यतः किराँत र मैथिली भाषाकै दबदबा थियो । अन्य जनजातीय भाषा पनि थिए । पृथ्वीनारायण शाहको राज्य विस्तार अघि नेपाली भाषा त्यहाँ त्यति चल्तीमा नरहेको नै देखिन्छ ।

उनले दिएका कतिपय मितिमा भने विश्वास गरिहाल्नुपर्ने खास आधार भेटिँदैन । धेरै ठाउँमा उनले अनुमानका भरमा मिति लेखेको देखिन्छ । यसमा थप आलोचनात्मक अध्ययन र प्रमाणको खोजी गर्नुपर्ने खाँचो छ । पोखरेलका अनुसार “इतिहास लगभग यति नै पुरानो हो तर तिथिमिति यकिन छैन । थप विवरणहरू भेटिने ठाउँ छ ।” (रोहित खतिवडा, सेतोपाटी, आश्विन १, २०७३) ।

प्रो. बालकृष्ण पोखरेलज्यूको ‘पाँच सय वर्ष’ पुस्तकको पृ. १६३ मा “सं. १८२३ को रुक्कामा भगवती वन र लछिमन वनलाई पृथ्वीनारायणले भादगाउँ, साँखु र गोकर्णका केही खेत माफ गरी दिएका छन् । यो रुक्का नुवाकोट दरवारबाट प्रेषित भएको छ । आश्चर्य के कुरामा छ भने सं. १८२३ मा भादगाउँ पृथ्वीनारायणको अधीन आएको थिएन । यस्तो परिस्थितिमा यो रुक्का देखिनु रहस्यमय छ । यो रहस्य सम्भवतः अझै उद्घाटित भएको छैन”, उल्लेख छ ।

तर इतिहासकार दिनेशराज पन्तका ‘केही ऐतिहासिक पत्रहरू’ (पूर्णिमा वर्ष ५, अङ्क ३, पृ. २१८–२२५) का अनुसार पृथ्वीनारायण शाहद्वारा कमल वन आदि सन्न्यासीहरूलाई नुवाकोटबाट सं. १८०१ मा मैथिली भाषामा लेखेको पत्रको व्यहोरा यसप्रकार छ :

श्री दुर्गा

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावलि विराजमान मानोत्रत श्रीमन्महाराजधिराज श्रीश्रीश्री मत्रृप पृथ्वी नारायन साहदेवानां सदा समर विजयिनाम् .........

स्वस्तिश्री महांत कमल वन गोसाइं लक्ष्योमन पुरि दयाल पुरी गोसाइंकै नमो नारायन पूर्वक पत्रमिदं इहा कुशल तहां कुशल चाहिये यहिते परमानन्द होई पत्र आये अर्थ पाये इहाका समाचार निकेहै उप्रान्त जो लिषि पठाये सो भला भोटसे वाज आये पिछे वात बनि रहेगा विज्ञेषु किमधिकं मुहजवानि षात वालाके सहि आश्विन शुदि ११ रोज ७ मुकाम नुवाकोट शुभम् ।

“पृथ्वीनारायणका अभिलेख प्रायः जम्मैजसो नेपाली कागतमा लेखिएका छन् र स्वयम राजा नै लेखकको रूपमा छन् । यसभन्दा पहिलेका अभिलेखहरूमा पनि भाका राजाहरूकै हुन्थ्यो, तर पुछारमा लेखकहरूका नाउं जनिन्थ्यो, यसको अर्थ हुन्थ्यो राजाज्ञाबमोजिम ती लेखकहरू आफै ताम्रपत्रको रचना गर्थे” (पोखरेल, ऐ., पृ. १५५) । तसर्थ, कमल वनलाई उक्त पत्र पृथ्वीनारायण स्वयंले लेखेको अनुमान गर्नुपर्ने हुन्छ ।

इतिहास शिरोमणि बाबुराम आचार्यले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी पुस्तकमा बही बुझ्ने व्यवस्था सत्ताइसौँ परिच्छेदमा लेख्नुभएको छ, काठमाडौँ उपत्यकाका मल्लराजाहरूका आम्दानी खर्चको हिसाब राख्ने काम काठमाडौँ उपत्यकाका जोशीहरू गर्दथे । दिन दिनको आम्दानी खर्च लेख्दा वर्ष, महिना र दिनको उल्लेख गर्नुपथ्र्यो । तर यी जोशीहरू संवत्, महिना र तिथि लेख्दथे । तिथि टुट्ने र बढ्ने पनि हुनाले गोर्खाली जोशीहरूलाई व्यवहार गर्न कठिन पथ्र्यो । दरभङ्गातिरका कायस्थहरूको भाषा कैथी थियो, तापनि खस भाषा बोल्ने गोर्खालीको समझमा आउन कठिन थिएन । उनीहरू तिथिको व्यवहार नगरेर प्रत्येक महिनाको बहुल पक्ष र शुक्ल पक्षको दिनको गणना गर्थे । दिनको सङ्ख्या टुट्ने भए पनि बढ्ने हु“दैनथ्यो । यसकारण घरेलु व्यवहारका निम्ति गोर्खालीहरूले पनि यस मितिपत्रलाई अपनाएका थिए । गोर्खामा स्याहा÷श्रेष्ताको चलन नहुनाले गोर्खाली जोशीहरू स्याहा लेख्दैनथे । तर पनि कायस्थले लेखेका स्याहा श्रेष्ता बही उनीहरू जा“च्न सक्थे । यसकारण दरभङ्गा जिल्लासँग जोडिएको र नेपालको महोत्तरी जिल्लामा पनि कायस्थहरूको बस्ती भएको हुनाले यिनैबाट स्याहाश्रेष्ता र बहिपत्र समेत तयार गराउने र आफ्नै रेखदेखमा बहीपत्र जा“ची फारखती दिने नियमको जग श्री ५ पृथ्वीनारायण शाहले २१ मार्च १७७० ई. मा काठमाडौँलाई राजधानी गराएपछि लगत्तै प्रारम्भ गरेको देखिन आएको छ ।

बाबुराम आचार्यज्यूले कायस्थहरूको भाषा कैथी भनी उल्लेख गर्नुभएको छ । कैथी लिपि हो । तिरहुता (मिथिलाक्षर) पनि लिपि हो । भाषा भने मैथिली हो ।

यस प्रकार गोरखाली राजा÷राजकुमारहरूको वैवाहिक सम्बन्ध राजभाषा मैथिली भएका सेन राजपरिवारमा हुनु, आफ्नी रानीसित बातचित गर्न पनि अन्य भाषाको ज्ञान आवश्यक हुनु, केही वर्ष भक्तपुरका कर्णाटकी मल्ल राजाकोमा बसी फर्किंदा पृथ्वीनारायणमा नेपाल भाषा (नेवारी) र मैथिलीको केही प्रभाव परेको हुनसक्नु, कायस्थहरूको भाषा खस भाषा बोल्ने गोर्खालीको समझमा आउन कठिन नरहेको देखिनु, राजगुरु वाराणसीका श्रीहर्ष मिश्रको सानिध्य पाएका पृथ्वीनारायण शाह नेपाली भाषाका अतिरिक्त मैथिलीलगायतका भाषाको पनि जानकार रहेको हुनुपर्ने अनुमान गर्न सकिन्छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha