बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जीप र मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

शुक्रबार, २७ पुस २०७५, ०९ : २७
शुक्रबार, २७ पुस २०७५

बुटवल ।  गत राती अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा जीप दु्र्घनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

जिल्लाको अर्घाखाँची र गुल्मीको सिमाना छत्रदेव गाउँपालिका वडा नम्बर ७ देउरालीमा लु १ ज १७६८ नम्बरको जीप दुर्घटनामा परेको हो ।

गम्भीर घाइते भएकी अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–५ की ६५ वर्षीाया फुर्सीदेवी वम्रेलको  उपचारका लागि पाल्पा लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  

दुर्घटनामा अन्य चार जना घाइते भएको ग्ुल्मीका प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए । 

घाइतेहरु गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ बस्ने २० वर्षीय दिपा पन्थी, अर्घाखाँची जिल्ला सन्धीखर्क नगरपालिका १ निवासी ३९ वर्षीय खिमकला कुँवर, चालक गुल्मी दरवार गाउँपालिका वड नम्बर ३

निवासी २२ वर्षका कृष्ण थापा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका ४ निवासी २७ वर्षीय सरिता पाण्डेय रहेको प्रहरीले बताएको छ  । 

त्यस्तै गुल्मी अर्घाखाँचीको सिमना पर्ने नेटामा लु १४ प ८२१० नम्वरको मोटर साईकल दुर्घटना हुँदा अर्घाखाँची मालारानी–२ का २३ वर्षीय भरत पौड्यालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप