शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जापानी टोलीद्धारा चन्द्रागिरी भ्रमण

शुक्रबार, १३ साउन २०७४, १४ : ४८
शुक्रबार, १३ साउन २०७४

काठमाडौं–जापानीज संसदका सदस्यद्धय हिन्को ताकासी र यूको नाकागोवा र नेपालकालागि जापानका राजदुत मसाशी ओगावा लगायतको समूहले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेको छ । 
भ्रमणमा आएको समूहलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महा–प्रबन्धक अभिषेक विक्रम शाहले परियोजना स्थलगत अवलोकन गाएका थिए । 
भ्रमणमा आएको जापानीज टीमले परियोजनाको प्रशंसा गर्दै चन्द्रागिरिको चुचुरोबाट देखिने हिमाल, पहाड र  मन्दिर लगाएतका दृश्यले रमाइलो अनूभुती गराएको बताए । चन्द्रागिरिमा बन्दै गरेको रिसोर्ट र अन्य पूर्वाधारले चन्द्रागिरि विश्वका पर्यटकहरुको गन्तव्य बन्ने उनीहरुको भनाइ थियो । 
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्सले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप