शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

के बार्सिलोना फर्केलान् नेइमार ? गोप्य सहमति भएको खुलासा

बिहीबार, २६ पुस २०७५, २० : ५५
बिहीबार, २६ पुस २०७५

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का ब्राजिलियन सुपरस्टार नेइमार यो सिजनको अन्त्यसँगै आफ्नो पूर्वक्लब बार्सिलोना फर्किने समाचारहरु बाहिर आएको छ । 

केही दिनअघि बार्सिलोना फर्किने वातावरण बनाउन नेइमारले बार्सिलोनाका पदाधिकारीसँग छलफल गर्न वार्ता टोली खटाएका थिए । टोलीले बार्सिलोनाका पदाधिकारीसँग छलफल समेत चलाएका थिए । उक्त छलफलमा ‘गोप्य सहमति’ भएको समाचार स्पेनको चर्चित पत्रिका मार्काले उल्लेख गरेको छ । 

नेइमार दुई वर्षअघि मात्र विश्व कीर्तिमानी रकममा बार्सिलोना छाडेर पीएसजीमा अनुबन्ध भएका थिए । पीएसजीमा नेइमार खुसी हुन नसकेको खबर बेलाबेलामा आइरहेको थियो । 

नेइमार स्वयंले यसअघि विभिन्न माध्यमबाट आफू बार्सिलोनामै पुनः आबद्ध हुन चाहेको बताएका थिए । यसपटक विन्टर ब्रेकको मौका छोपी नेमारले आफ्नै बुबा सान्तोषमार्फत बार्सिलोनाका पदाधिकारीसँग छलफल गरेको पनि मार्काले उल्लेख गरेको छ । 

गत नोभेम्बर पनि नेइमारका बुबाले लन्डनमा बार्सिलोनाका एजेन्टसँग छलफल गरेको खबर बाहिरिएको थियो । हालै मात्र बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पनि नेइमार बार्सिलोना फर्किए आफू खुसी हुने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप