इन्टरनेशनल बक्सिङमा आर्मीको बर्चश्व
काठमाडौं– इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेशनल बक्सिङमा त्रिभुवन आर्मी क्लबका खेलाडीले बर्चस्व जमाएका छन् । प्रतियोगिता अन्तर्गत बिहिबार भएको महिला ५१ केजीमा आर्मीकी बिमला श्रेष्ठले माला राईलाई ३–२ ले पछि पार्दै स्वर्ण जितिन् । ५४ केजीमा आर्मीकी मिनु गुरुङले निसा तामाङलाई ३–२ ले हराईन् ।
महिला ६० केजीमा एपीएफकी संगिता सुनारले नेपालकै पुनम रावललाई ३–२ ले हराउदै स्वर्ण जितिन् । ४८ केजी तौलको फाइनलमा ललिता महर्जनले नेपालकै नङ्जा बुढामगरलाई ५–० ले हराउदै स्वर्ण जितिन् ।
पुरुष ४९ केजीमा आर्मीका तेजबहादुर देउवाले प्रदिप महर्जनलाई नकआउट हान्दै स्वर्ण जिते । ५२ केजीमा आर्मीका प्रेम चौधरीले भारतका सचिनलाई हराएर स्वर्ण जिते । ५६ केजीको फाइनलमा पुरन राईले विमल रोकामगरलाई हराए ।
६० केजीमा भुटानका निमा दोर्जी, ६४ केजीमा नेपाल पुलिसमा भुपेन्द्र थापामगर, ६९ केजीमा एपीएफका विकास लामा र ७५ केजीमा आर्मीका दिपक श्रेष्ठ स्वर्ण जिते । विजेतालाई नेकपाकी नेता पम्फा भुसाल, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले लगायतले पुरस्कार प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीत रेकर्डसँगै ‘आम नागरिक’ निर्माण सुरु
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री