शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोविन्द केसीका सबै माग पूरा भए, उहाँले उत्सव मनाए हुन्छ : सञ्चारमन्त्री बास्कोटा

बिहीबार, २६ पुस २०७५, १९ : ३७
बिहीबार, २६ पुस २०७५

काठमाडौं– सरकारका प्रवक्ता समेत रहेका सुचना प्रविधी तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले डा. गोविन्द केसीको सबै माग पूरा भएको बताएका छन् । बिहिबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले बरु डाक्टर केसीले माग पूरा भएको उपलक्ष्यमा उत्सव मनाउनुपर्ने बताए । 

मन्त्री बास्कोटाले भने–‘ चिकित्सा शिक्षालाई माथि उठाउँन उहाँले जे कुरा भन्नुभयो, त्यसमा संसदका समितिहरुले पनि एउटा निर्णय लिइसकेका छन् । त्यसमा उहाँका मागहरुको सम्बोधन गरिएको छ । यो त उहाँले उत्सव मनाउनुपर्ने बेला हो जस्तो लाग्छ । यसमा के सम्बोधन भएन र ? सम्बोधित भइसके जस्तो लाग्छ ।’

मन्त्री बास्कोटाले केसीले उठाएका माग पूरा भइसकेको बताउँदै भने– ‘अब अरु विषयमा केसीजीले के के गर्नुहुन्छ, मिटिङ, बैठक, के अब कस कसको कुरा त्यो चाही अब हामीलाई पनि थाहा भएन । कता कता गएर कस कसको अनुरोधमा उहाँले कुरा उठाउनुभएको छ त्यो थाहा भएन ।’

उनले शेरबाहादुर देउवा प्रधानमन्त्री भएको बेला ४ पटक अनसन बसेको, स्व.सुशील कोइराला प्रधानमन्त्री भएको बेला ३ पटक बसेको, डाक्टर बाबुराम भट्टराई भएको बेला २ पटक बसेको, खिलराज रेग्मी मन्त्रीपरिषदको अध्यक्ष भएको बेला २ पटक अनसन बसेको र नेकपाका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला २ पटक अनसन बसेको बताउँदै केसीले गरेमा मागहरु स्वीकृत भइसकेको बताए । 

मन्त्री बास्कोटाले भने–‘कहिले इलाम, कहिले जुम्ला, सम्बन्धन दिन पनि भन्नुहुन्छ, दिनुुहुन्न पनि भन्नुहुन्छ । त्यो अलिकति बुझ्न सकिएन । बिषय पनि सम्बन्धित विषयसँग मात्र जोडिए भएन । बिषय पनि अनेक विषयसँग जोडिएर त्यो कता कता हो, के–के हो, तपाईहरु आफूले पनि हेर्नुहोला, बिशुद्ध प्रोफेश्नल हो कि वा अरु यसो खिचडी सिचडीका लागि केही धुवा पत्ता लगाउन सकिन्छ कि भन्ने जस्तो पनि देखिन्छ । यस विषयमा म केही पनि भन्दिन । उहाँका अधिकांश मागहरु पूरा भएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप