बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा सबैभन्दा बढी पढ्ने धार्मिक समुदाय ‘हिन्दू’

बिहीबार, २६ पुस २०७५, १८ : ५०
बिहीबार, २६ पुस २०७५

बीबीसी– अमेरिकामा चार वर्षको कलेज शिक्षालाई आर्थिक सफलताको लागि महत्वपूर्ण मानिन्छ । यही तहको पढाई पुरा गर्ने कुरालाई एक जनसांख्यिकी आधारलाई लिएर प्रतिष्ठित ‘प्यु रिसर्च सेन्टर’ले एक अनुसन्धान गरेको छ । उसले त्यहाँ बसोबास गर्ने कुन धार्मिक समूदायका कति प्रतिशतले कलेज चार वर्षे पढाई पुरा गर्छन् भनेर एक सर्वेक्षण गरेको छ । 

यसमा केही धर्मावलम्बी अर्को धर्मको तुलनामा अघि देखिएका छन् ।  प्यु रिसर्चका अनुसार कलेज डिग्री हासिल गर्ने मामलामा हिन्दू(७७%) सबैभन्दा अगाडि छन् । त्यसपछि यूनिटरियन यूनिभर्सलिस्ट (६७%) छन् । यूनिटरियन यूनिभर्सलिस्ट लिबरल हुन् जो सत्य र अर्थको लागि स्वतन्त्र र जिम्मेदार खोजमा विश्वास गर्छन् । 

यी दुई समुदायपछि यहूदी (५९%), एन्जेलिकन चर्च(५९%) र एपिस्कोपल चर्च (५६%) विश्वास गर्ने समूदाय आउँछ ।  यो सन् २०१४ को धार्मिक परिदृश्यमा गरिएको सर्वेक्षण हो । यसमा शैक्षिक योग्यताको आधारमा अमेरिकाको ३० धार्मिक समुदायमा सर्वेक्षण गरिएको छ । यसका लागि कलेज पास गरेका अमेरिकाका नागरिकहरुलाई समावेश गरिएको थियो ।

 शिक्षा र आर्थिक सफलताको हिसाबले अमेरिकामा हिन्दू र यहूदी अगाडि छन् । यही कारणले अमेरिकामा पारिवारिक कमाईको मामलामा पनि यी दुई समुदाय अघि देखिन्छन् ।  सन् २०१४ को अध्ययनअनुसार ४४% यहूदी र ३६% हिन्दू परिवार यस्ता छन्, जसको पारिवारिक कमाई कम्तिमा पनि १ लाख डलरभन्दा बढी छ । 

त्यस्तै बौद्ध, प्रेस्बाइटेरियन चर्च छन्, जसको ४७% जनसंख्याले कलेज पढाई पुरा गरेको छ । ती भन्दा पनि तल अर्थोडक्स इसाइ (४०%), मुसलान(३९%) र मोरमोन्स (३३ %) छन् ।  हरेक पाँचमध्ये एक वयस्क हुने भएकाले क्याथोलकहरुको कलेज डिग्री तिनको सदस्यहरुको मात्रा सामान्य मानिसहरुसँग मिल्दोजुल्दो छ, अर्थात २६ प्रतिशत । 

नेशनल बापटिस्ट कनवेन्सन मान्नेको १९%, अफ्रिकन मेथडिस्ट एपिस्कोपल चर्चका २१% र साउर्दन बापटिस्ट कनभेन्सनका १९% मानिसहरुसँग कलेज डिग्री रहेको देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप