शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको आरोप लागेका यी नायकको ४४ वर्षमा मृत्यु, डिप्रेशनमा थिए

शुक्रबार, १३ साउन २०७४, १४ : ४०
शुक्रबार, १३ साउन २०७४

फिल्म र टेलिभिजन अभिनेता इन्द्र कुमारको शुक्रबार बिहान ४४ वर्षको उमेरमा मृत्यु भएको छ । इन्दर सलमान खानका निकै नजिकका साथीमध्येका एक थिए । उनको मृत्यु हृदयघातका कारण भएको बताइएको छ । आजकाल उनी आफ्नो एक फिल्मको सुटिङमा व्यस्त थिए ।

सन् २०१४ मा एक महिलाले इन्दर कुमारमाथि बलात्कारको आरोप लगाएकी थिइन् । स्वास्थ्य परिक्षणपश्चात् बलात्कारको पुष्टि भएपछि इन्दर कुमारलाई पक्राउ गरेर जेल पठाइएको थियो । यद्यपी, पछि उनी जमानतमा छुटेका थिए ।

यस विषयमा बोल्दै उनकी श्रीमतीले इन्दरको समर्थन गर्दै भनेकी थिइन्, ‘यो बलात्कार होइन, वान नाइट स्ट्यान्ड थियो ।’

बलात्कारको आरोप लागेपछि र करियरमा उतार चढावका कारण इन्दरलाई रक्सी र चुरोटको लत लागेको थियो ।

एक अन्तर्वार्तामा उनकी श्रीमती पल्लवीले रक्सीको नशामा उनले आफूलाई चुर्लुम्मै डुबाएको जसका कारण उनलाई कुनै कुराको वास्ता नभएको बताएकी थिइन् ।

यस्तो समयमा सलमान खानले उनको मद्दत गरे र सलमानले इन्दरलाई आफ्नो फिल्ममा पनि काम दिए ।

इन्दरले सलमानसँग ‘तुमको ना भूल पाएंगे’, ‘कहीँ प्यार ना हो जाए’ र ‘वान्टेड’ मा काम गरे । सलमानका यी चर्चित फिल्मको फाइदा इन्दर कुमारलाई पनि भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप