केन्द्रीय संस्करण
अन्तरवार्ता

‘गौर घटनाबाट सबैभन्दा बढी फाइदा उपेन्द्र यादवले लिए’

person explore access_timeपुस २६, २०७५ chat_bubble_outline0

उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको रौतहट जिल्ला अध्यक्ष हुँदै केन्द्रीय कोषाध्यक्ष, सङ्गठन विभाग प्रमुख र प्रचारप्रसार प्रमुखको जिम्मेवारी सम्हालिसकेका अमर यादवपार्टीको पहिलो महाधिवेशनपछि पार्टी परित्याग गरेका थिए । 

२०६५ चैत २७ गते आफ्नै नेतृत्वमा मधेस तराई फोरम गठन गरेका यादव स्थानीय तहको चुनावको बेला सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए तर उपेन्द्र यादवसँग कुरा नमिल्दा उनी पुनः ब्याक भए । 

२०६४ साल चैत ७ गते गौरमा उनकै अध्यक्षतामा आयोजित फोरम नेपालको कार्यक्रममा तत्कालीन नेकपा माओवादीका कार्यकर्तासँग ठूला झडप भएको थियो । सो घटनापछि उनी लामो समय भारत पनि बसे । 

अहिले उनको पार्टी निर्वाचन आयोगमा दर्ता त छ तर अस्तित्वमा देखिएको छैन । तैपनि उनले हिम्मत हारेका छैनन् । उनी भन्छन्– ‘मिहिनेत गरेपछि एक दिन न एक दिन फल अवश्य हात लाग्छ, धैर्य गर्नुपर्छ र जनताको पक्षमा इमानदारीका साथ काम गर्नुपर्छ ।’ 

उनले मधेस आन्दोलनलाई नजिकबाट हेरेका छन्, बुझेका छन् । प्रस्तुत छ, मधेसको समसामयिक विषयमा मधेस तराई फोरमका अध्यक्ष अमर यादवसँग रातोपाटीका लागि एसके यादवले गरेको कुराकानीको सम्पादित अंशः

एक समय राजनीतिमा निकै सक्रिय हुनुहुन्थ्यो, अहिले पूरै निष्कृय देखिनुभएको छ । किन ?
–अहिले देशमा लागू गरिएको सङ्घीयता, यसको कार्यान्वयन र परिवर्तनको विषय हामीले अवलोकन गरिरहेका छौँ । नेपालका लागि यो बिलकुलै नयाँ प्रयोग हो । यो कार्यान्वयन हुने–नहुने कुरामा अझै आशंका छन् । त्यसलाई हामी पनि हेरिरहेका छौँ, बुझिरहेका छौँ । 

मधेसले सहादत दिएपछि मात्र देशमा सङ्घीयता लागू भएको हो । तर सङ्घीयता लागू भइसके पनि यसको वास्तविक कुराको अनुभव कसैले गरिरहेका छैनन् । त्यही भएर हामी यसको कमिकमजोरी र चुनौतीको बारेमा बुद्धिजीवी तथा सरोकारवालासँग छलफल चलाइरहेका छौँ । 

देशमा सातवटा संविधान आइके तर सफल कुनै भएन । किन सफल भएन त ? पक्कै पनि कहीँ कमजोरी भयो । अहिले बनेको नयाँ संविधानलाई पनि सुरुदेखि नै मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिमले पूर्णरूपमा स्वीकार गरेका छैनन् । यसलाई सुधार गर्ने कुराहरू पनि भइरहेका छन् ।

भनेपछि पछिल्लो परिवर्तनलाई तपाईंले अध्ययन गरिरहनुभएको छ ?
–हो, त्यस्तै भन्नुपर्छ । देश अहिले बेवारिसे अवस्थामा चलिरहेको कुरा मैले महशुस गरिरहेको छु । सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनवटा सरकार यो देशमा सञ्चालनमा रहेका छन् । तर त्यसको अनुभूति जनताले गर्न पाइरहेका छैनन् । मानौँ, यो देशमा सरकार नै छैन । 

तपाईं आफै अहिले निष्कृय हुनुहुन्छ । देशमा के भइरहेको छ, त्यो जान्नका लागि तपाईंको कुन संयन्त्रले काम गरिरहेको छ ?
–हाम्रो पार्टीको सङ्गठन मधेसका सबै जिल्लामा छन् । जिल्लाका साथीहरूसँग बेलाबेलामा हामी छलफल गर्छौं । फिडब्याकहरू लिन्छौँ । त्यसैको आधारमा मूल्याङ्कन गर्छौं । 

क्रान्ति भन्ने कुरा प्रत्येक दिन, प्रत्येक वर्ष हुँदैन । यसका लागि एउटा समय हुन्छ, एउटा माहोल र परिस्थिति हुन्छ । कसैले आन्दोलन सुरु गर्छु भनेर आन्दोलन हुने होइन । हामीले अहिले जुन काम गरिरहेका छौँ, त्यो क्रान्तिको एउटा पाटो नै हो । 

उहाँ जस्तो म झुठको खेती गर्न सक्दिनँ । जनतालाई भ्रममा राख्न सक्दिनँ । लासको नाममा राजनीतिक गर्न सक्दिनँ । जनता मार्न लगाएर म रमाउन सक्दिनँ । त्यही भएर म पछाडि छु, उहाँ अगाडि हुनुभएको छ । 

तपाईंले जुन प्रकारको निगरानी बढाउनुभएको छ, यसले तपाईंलाई अहिलेको व्यवस्थामाथि नै शङ्का छ भन्ने देखाउँछ ।
–व्यवस्थामाथि शङ्काभन्दा पनि यो व्यवस्था नै अधुरो छ । यसलाई परिमार्जन गरिनुपर्छ । एक मधेस एक स्वायत्त प्रदेशको कुरा उठेको थियो । त्यसैका लागि ठूलो आन्दोलन भयो । तर अहिले आठवटा जिल्लामा मात्र मधेसलाई सीमित पारिएको छ । त्यसमा अरू जिल्लाहरूलाई पनि मिलाउनुपर्छ । अन्य सवालहरूमा पनि संविधानमा संशोधन आवश्यक छ । त्यसमा पार्टीका नेतृत्व पक्षले ध्यान जान जरुरी छ । मधेसमा युवाहरूले सहादत दिए तर अहिले जे–जे कुरा संविधानमार्फत दिइएको छ, त्यो पर्याप्त छैन भन्ने हाम्रो ठहर हो । 

चुनावताका तपाईं सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको खबर आयो । फेरि केही दिनमै ब्याक हुनुभयो भन्ने खबर आयो । आखिर भएको के थियो ?
– सबैभन्दा पहिले मैले फोरम नेपालमा प्रवेश गरेकै होइन । पार्टी पार्टीबीच एकीकरण गर्ने सम्झौता भएको थियो । स्थानीय चुनावको दुई चार दिन पहिले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग केही कुरामा मौखिक सहमति भएको थियो । 

के–के कुरामा समझदारी भएको थियो ?

–पार्टी एकीकरण गर्ने, केन्द्रीय सदस्यहरूलाई केन्द्रमा राख्ने, जिल्लास्तरका नेतालाई जिल्लास्तरमै समायोजन गर्ने र नयाँ संविधानमा समावेश नगरिएका मधेसका मागहरूलाई समावेश गराउनका लागि मिलेर सङ्घर्ष गर्ने मोटामोटी सहमति भएको थियो । यो समझदारी किन लागू भएन । फोरम नेपाल आफ्नो बाटो लाग्यो हामी आफ्नो बाटो लाग्यौँ । यत्तिकै पार्टी एकीकरणको कुरा तुहियो । 

तपाईं सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग लामो समयसम्म काम गर्नुभयो । मधेस आन्दोलनमा सहभागी पनि हुनुभयो । उपेन्द्र यादव राजनीतिमा टिकिरहनु भयो तर तपाईं हराउनुभयो । किन यस्तो ?

–व्यक्तिको फरकभन्दा पनि म समग्र राजनीतिको कुरा गर्न चाहन्छु ।  अहिले राजनीति एउटा यस्तो बदनाम प्लेटफर्म बनेको छ, जहाँ हामी जस्ताबाट काम हुनैसक्दैन । उपेन्द्र यादवको कुरा गर्नुहुन्छ भने उहाँले राजनीतिलाई व्यावसाय बनाइदिनुभएको छ । उद्योगी तस्करहरूलाई पार्टीमा भित्र्याएर माल कमाउनुभयो । तिलक रावलको कुरा होस् वा श्रवण अग्रवाल, वीरेन्द्र महतो या शिवजी यादवको कुरा होस् कि अहिलेका पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार नै किन नहोस् । यी र यस्ता धेरै उद्योगी र तस्कारलाई आफ्नो पार्टीमा आश्रय दिएर उहाँले बर्बाद गर्नुभएको छ । 

मधेसी जनताबाट भावनात्मक भोट लिने तर पद व्यापारीलाई दिने काम उहाँले गर्नुभएको हो । गरिबको छोरालाई आन्दोलन गराउने र व्यापारीलाई पद बाँड्ने उपेन्द्र यादवको जस्तो क्षमता मसँग छैन । हामी दुईमा फरक यत्ति हो । 

उहाँ जस्तो म झुठको खेती गर्न सक्दिनँ । जनतालाई भ्रममा राख्न सक्दिनँ । लासको नाममा राजनीतिक गर्न सक्दिनँ । जनता मार्न लगाएर म रमाउन सक्दिनँ । त्यही भएर म पछाडि छु, उहाँ अगाडि हुनुभएको छ । 

यसबाट के स्पष्ट हुन्छ भने त्यहाँ झडप होस्, त्यसमा दुई चारजना मधेसी नेताहरू मरून् र मधेसी र पहाडी समुदायबीचमा झगडा होस् भन्ने मनसाय थियो । त्यसले गर्दा तनावको स्थिति उत्पन्न हुन्छ, सेनाले हस्तक्षेप गर्छ त्यसपछि संविधानसभाको चुनाव हुँदैन । यही डिजाइनमा उपेन्द्र यादवले काम गर्नुभएको थियो । 

अहिलेको राजनीतिक परिवेश नै त्यस्तो छ । फोरममा मात्र होइन, काँग्रेस र नेकपाहरू पनि त्यस्तै छन् । विनोद चौधरीदेखि लिएर दीपक मनाङेसम्मलाई ठाउँ दिने त्यही पार्टीहरू हुन् । मोटो रकम दिएपछि समानुपातिक संसद बन्ने सिस्टम नै बनिसकेको छ । समावेशितालाई अहिले नेताहरूले मजाक बनाएका छन् । 

गौर घटना गराएर उपेन्द्र यादवलाई अन्तर्राष्ट्रिय रूपमा चर्चा दिलाउने तपाईं नै हुनुहुन्थ्यो तर आज यस्तो आरोप लगाउनु हुँदै छ किन ?
–गौर घटना एउटा दुःखद् घटना थियो । नहुनुपर्ने घटना भयो । त्यसमा म दुःखी छु तर त्यो घटना राज्यबाट सुनियोजित रूपमा गराइएको थियो, जसको गोटी उपेन्द्र यादव बन्नुभयो । 

गौरको कार्यक्रममा उपेन्द्र यादव आउने भनेर हामीले खुबै प्रचारप्रसार गरेका थियौँ । कार्यक्रममा अध्यक्ष स्वयम् उपस्थित हुने भन्ने पार्टीको निर्णय पनि थियो । महोत्तरीमा ५ गते आमसभा गर्ने, सर्लाहीमा ६ गते गर्ने, रौतहटमा सात गर्ने र आठ गते कलैयामा गर्ने र यी सबै कार्यक्रममा अध्यक्ष पनि उपस्थित हुने पार्टीले त्यतिबेला निर्णय नै गरेको थियो । 

माओवादी शान्ति प्रक्रियामा आइसकेको थियो । तत्कालीन सरकारमा माओवादी पनि सहभागी थियो । हामीमाथि आक्रमण गराउनका लागि शक्तिखोरबाट जनमुक्ति सेना खटाएको थियो । 

त्यो कार्यक्रममा उपेन्द्र यादव किन जानुभएन त ?
–उपेन्द्र यादवलाई हेलिकप्टरबाट भए पनि गौर आउन हामी भनेका थियौँ । उपेन्द्र यादव आउने भनी प्रचार भएको कारण ठूलो सङ्ख्यामा जनता आउने विश्वास थियो । त्यही भएर त्यहाँका व्यपारीहरूले पनि हेलिकप्टरमा उपेन्द्र यादवलाई ल्याउनुस् । त्यसको भाडा हामी चन्दा उठाएर तिरौँला भनेका थिए । तर हामीले जति भन्दा पनि उहाँ आउन मान्नुभएन । 

उहाँ आउन नमानेपछि हामीले कार्यक्रम नै स्थगित गरौँ पनि भन्यौँ । ‘माओवादीले यहाँ जबर्जस्ती गरिरहेको छ । राज्य पनि उसैलाई साथ दिइरहेको छ । त्यसैले कार्यक्रम नै स्थगित गरौँ,’ भन्ने हाम्रो भनाइ थियो । तर उहाँले कार्यक्रम कुनै पनि हालतमा स्थगित नगर्न निर्देशन दिनुभयो । 

यसबाट के स्पष्ट हुन्छ भने त्यहाँ झडप होस्, त्यसमा दुई चारजना मधेसी नेताहरू मरून् र मधेसी र पहाडी समुदायबीचमा झगडा होस् भन्ने मनसाय थियो । त्यसले गर्दा तनावको स्थिति उत्पन्न हुन्छ, सेनाले हस्तक्षेप गर्छ त्यसपछि संविधानसभाको चुनाव हुँदैन । यही डिजाइनमा उपेन्द्र यादवले काम गर्नुभएको थियो । 

पछि उपेन्द्र यादवले गौर घटनामा आफ्नो कुनै संलग्नता नरहेको र त्यहाँका स्थानीय कार्यकर्ताहरूले घटना गराएको स्पष्टीकरण दिनुभयो । यसले के स्पष्ट हुन्छ भने उपेन्द्र यादव माओवादी र राज्य दुवैसँग मिल्नुभएको थियो । 

नेपालबाट पूर्णरूपमा राजतन्त्र समाप्त भइसकेको थिएन । संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र फ्याल्ने कुरा थियो । तर उपेन्द्र यादवको मिसन थियो– संविधानसभाको चुनावै नहोस् ।

माओवादीले गौरमा कार्यक्रम भाँड्न पूरा शक्ति लगाउँछ भन्ने कुरा उपेन्द्र यादवलाई राम्रोसँग थाहा थियो । भारतीय ‘रअ’ले उहाँलाई जानकारी गराइसकेको थियो । झडप भए ठूलो क्षति हुन्छ भन्ने थाहा हुँदा पनि उहाँले जानी–जानी त्यो कार्यक्रम गर्न लगाउनुभयो । अन्ततः त्यत्रो ठूलो क्षति भयो । 

राज्यसँग उपेन्द्र यादव कसरी मिल्नुभएको थियो ?
–नेपालबाट पूर्णरूपमा राजतन्त्र समाप्त भइसकेको थिएन । संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र फ्याल्ने कुरा थियो । तर उपेन्द्र यादवको मिसन थियो– संविधानसभाको चुनावै नहोस् । गौरमा फोरमका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरूको माओवादीबाट हत्या होस् । यसले देशमा पहाडी र मधेसीबीच लडाइँ सुरु हुन्छ र सेना सडकमा आएपछि टेकओभर हुन्छ । यस्तो भएको खण्डमा संविधानसभाको चुनाव हुँदैन भन्ने निश्चित थियो । यसैका लागि राज्यसँग मिलेर ग्राइन्ड डिजाइन गर्नुभएको थियो । त्यो कुरा हामीले पछि थाहा पायौँ । 

तर त्यो घटनामा एकजना पनि फोरमका कार्यकर्ता मरेनन्, सबै माओवादीका नेता तथा कार्यकर्ता नै मरे । त्यस्तो किन ?
–युद्धमा जहिले पनि सत्यको जित हुन्छ । माओवादीले त्यहाँ कार्यक्रम गर्ने योजना सुरुमा बनाएको थिएन । हामीले त्यहाँ कार्यक्रम गर्न थालेपछि सो पार्टीका नेताहरूले पनि निहुँ खोज्दै सामान्य मञ्च बनाउनु भएको थियो । 

आफ्नो मञ्च आफ्नै कार्यकर्ताबाट तोड्न लगाउने पछि फोरमले तोड्यो भनेर हुलदङ्गा सुरु गरेर फोरम नेपालका नेता तथा कार्यकर्र्तालाई समाप्त पार्ने योजना बनाएको थियो । तर गौरमा माओवादीको सबै योजना फेल भयो । 

उनीहरूले हामीलाई मार्न खोजेकै हो तर झडप भएपछि भागाभाग भयो । माओवादीका जनमुक्ति सेनाहरू पनि भाग्न थाले । तर उनीहरूका लागि नौलो ठाउँ भएको कारणले कहाँ भाग्ने, कसरी भाग्ने आइडिया नै भएन । गाउँलेहरूले लखेटी–लखेटी कुटपिट गर्न थाले, जसबाट उनीहरूले ज्यान गुमाए । 

तपाईं भन्नुहुन्छ लडाइँ गर्ने योजना थिएन तर तपाईंहरूको कार्यकर्ताको हातमा हतियार, भाटा र भाला कहाँबाट आयो ?

–त्यहाँ कोहीसँग पनि हतियार वा भाला थिएन । बाँसका भाटाहरू पनि सबै झण्डाका थिए । झडप हुँदा सायद त्यसलाई प्रयोग गरेका थिए होला तर योजनाबद्ध थिएन ।

क्याम्पबाट आएका माओवादीहरूका लागि मधेस एकदमै नौलो थियो । कहाँ भाग्ने कुनै आइडिया नै थिएन । 

जता–जता उनीहरू भाग,े त्यहाँ मधेसी जनताले कुटपिट गरे । धेरैले ज्यान गुमाए । यो हाम्रो योजनामा छँदै थिएन । जे भयो अन्जानमा भयो । मधेसी जनताको आक्रोशको प्रतिफल थियो । 

उपेन्द्र यादवले माओवादीसँग मिलेर यो घटना गराएको तपाईंको आरोप छ तर उहाँलाई धेरै दिनसम्म माओवादीले ‘वान्टेड’को लिस्टमा राखेको थियो । भौतिक कारवाही नै गर्ने निर्देशन दिएको थियो । किन ?

–एउटै व्यक्तिका अनेक रूपमा हुन्छन् । माओवादीले हामीलाई मारेको भए पनि उहाँलाई नै फाइदा हुन्थ्यो । माओवादीको मृत्यु हुँदा पनि उहाँलाई फाइदा भयो । अन्तर्राष्ट्रिय रूपमा उहाँले परिचय पाउनुभयो । उपेन्द्र यादवले माओवादीलाई ठीक पार्यो भनेर धेरैले बधाइ दिए । 

तपाईं मधेस आन्दोलनले जन्माएको नेता हुनुहुन्छ । मधेसबारे विगत १० वर्षदेखि एउटै माग अहिलेसम्म दोहोरिरहेको छ । के वास्तवमा मधेसको माग पूरा नभएको हो कि मधेसी नेताहरूले मागलाई मागी खाने भाँडो बनाएका हुन् ?
–राजपा नेपाल र फोरम नेपाल दुवै सरकारमा छन् । एउटा प्रत्यक्ष रूपमा सहभागी भएको छ भने अर्कोले सरकारलाई समर्थन गरेको छ । प्रदेश २ मा आफ्नो नेतृत्वको सरकार बनाएकै छ । तर उनीहरूले मधेसलाई ठग्नेभन्दा बढी काम केही गर्न सकिरहेका छैनन् । मात्र इमोसनल ब्ल्याकमेलिङ गरिरहेका छन् । 

उनीहरूले संविधान निर्माणको विरोध गर्यो । संविधान निर्माण भएपछि त्यसमा हस्ताक्षर पनि गरेनन् । तर त्यही संविधानअनुसार चुनावमा भाग लिएर संसदसम्म पुगे । सरकारसम्म गठन गरिसके तर अझै संविधानलाई च्यात्ने, जलाउने चेतावनी दिइरहेका छन् । यसैबाट बुझ्न सकिन्छ कि उनीहरूको चाहना के हो ? 

पहाडमा भूकम्प आयो । सरकारले प्राधिकरण गठन गरेर अर्बौं रुपियाँ खर्च गरिरहेको छ । मधेसमा बाढीले थुप्रै धनजनको क्षति गर्यो तर हालसम्म पीडितले राहत पाएका छैनन् । यसको बारेमा मधेसवादी दलले बोल्नुपर्ने होइन ? तर उनीहरू बोल्दैन किनभने खानेबेलामा मान्छे बोल्दैन । बोले पनि आवाज स्पष्ट आउँदैन ।

यस्तो कति दिनसम्म चल्छ त ?
– एक दिन न एक दिन उनीहरूको पोल खुल्छ । स्यालले बाघको छाला लगाएर कति दिनसम्म राज्य गर्छ ? मधेसवादी दलले मधेसी जनतालाई कति दिनसम्म इमोसनल ब्ल्याकमेलिङ गरेर राजनीति गर्छन् ? 

अब मधेसको समस्याको समाधान के हो त ?
–यहाँ कर्मचारीदेखि लिएर नेताहरू भ्रष्ट र नैतिकताहीन छन् । तलदेखि माथिसम्म यस्तो संयन्त्र तयार भएको छ कि अरूलाई बोल्नसम्मको अधिकार दिएको छैन । अहिलेको चुनाव जातपात, पैसा, मसलको आधारमा हुने गरेको छ । जनता पनि पैसा, दारु र मासुमा भोट साट्छन् । त्यही भएर यसको विरुद्धमा उनीहरू पनि बोल्न सक्दैनन् । अहिले सिंहदरबारदेखि स्थानीय वडासम्म सबै सेटिङ मिलेको छ । 

मधेसवादी दलमाथि तपाईंले धेरै नै आरोप लगाउनुभयो ठूला दलहरूको बारेमा तपाईंको के धारणा छ ?
–समग्रमा भन्ने हो भने सबै उस्तै छन् । कोही कम र कोही बढी होलान् तर नेचर सबैको एउटै हो । पहिला तीनवटा ठूला दल थिए, अहिले दुईवटा भएका छन् । 

काँग्रेसको दिशा अझै स्पष्ट भएको छैन । यस्तो इतिहास बोकेको पार्टी अहिले आफैमा हराएको छ । नेकपा अहिलेसम्म वास्तविक नेकपा बन्न सकेको छैन । एमाले एमालैकै रूपमा र माओवादी पनि माओवादीकै रूपमा छन् । एकीकृत पार्टीको छनक दिइरहेको छैन । 

काँग्रेसको दिशा अझै स्पष्ट भएको छैन । यस्तो इतिहास बोकेको पार्टी अहिले आफैमा हराएको छ । नेकपा अहिलेसम्म वास्तविक नेकपा बन्न सकेको छैन । एमाले एमालैकै रूपमा र माओवादी पनि माओवादीकै रूपमा छन् । एकीकृत पार्टीको छनक दिइरहेको छैन । 

अहिले केपी शर्मा ओलीमाथि कसैले विश्वास गरिरहेको छैन । ओलीले साँचो कुरा बोले पनि झूठो जस्तो लाग्न थालेको छ । उसले बोल्ने कुरालाई हावामा उडाइदिन्छन् । तर प्रचण्डको कुराप्रति सबै गम्भीर हुन्छन् ।   

तपाईं धेरैजसो समय गाउँमा बस्नुहुन्छ । प्रदेश र स्थानीय तहको गतिविधिलाई नजिकबाट नियालि रहनुभएको छ । ती दुईवटै निकायले कसरी काम गरिरहेका छन् ?
–त्यहाँ अहिले कुनै नीति, नियम र विधि छैन । जसलाई जे मन लाग्छ त्यही गरिरहेका छन् । नगरपालिकामा विभिन्न पार्टीबाट जितेर आएका छन् तर खानेबेलामा सबै मिल्छन् । 

विकासको कुनै योजना देखिएको छैन । अधिकांश आफ्नै घरका आफन्तलाई उपभोक्ता समितिमा राखेर काम गराइरहेका छन् । वडा अध्यक्षहरू पनि मोटरसाइकल मात्र खरिद गरिरहेका छन् । मेयरहरूले एक–एक करोडको गाडी खरिद गरिरहेका छन् । उनीहरूले जे–जति गाडि किनेका छन् सबै निजी काममा प्रयोग भइरहेका छन् । 

स्थानीय तहमा यस्तो बेथिति हुनुमा अझै पनि केन्द्रलाई नै दोषी देखाइरहेको छ किन ?
–प्रदेशको नियन्त्रणमा स्थानीय तह रहेको छैन । सङ्घको नियन्त्रणमा रहेका हुनाले प्रदेश र स्थानीय निकायबीच ट्विन मिलिरहेको छैन । स्थानीय तहको खरिदार, सुब्बाको उत्तरदायित्व सीधै सिंहदरबारसँग रहेको छ, जसले गर्दा कता–कता नमिलेको जस्तो देखिन्छ । १०–२० लाख बजेट चलाउने अधिकारीहरू अहिले २० करोडको बजेट चलाइरहेका छन् । त्यसले पनि समस्या भइरहेको छ । तालिम, शिक्षा र चेतनाको पनि समस्या छ । केन्द्रले त्यस कुरामा पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । 

मैले हेर्दा त अधिकांश विषयमा ज्ञानकै अभाव देख्छु । त्यसैले राम्रोसँग काम गर्नका लागि उनीहरूलाई तालिमको आवश्यकता पनि छ । कुन बजेट केमा खर्च गर्ने त्यसमा ज्ञानको अभाव देखिएको छ । बजेट दिएर मात्र हुँदैन, त्यसलाई कसरी खर्च गर्ने त्यसको पनि ज्ञान दिनुपर्ने हो ।  

तपाईंले मधेसमा के गर्ने योजना बनाइरहनुभएको छ ?
–मधेसको सङ्घर्षले जेजति प्राप्त भयो त्यो पर्याप्त छैन । बाँकी चीजका लागि हामी सङ्घर्ष गर्छौँ । देशमा सङ्घीयता कार्यान्वयनमा आइसकेको छ तर सङ्घीयताको मुख्य कुरा नै राज्य पुनःसंरचना हो, जसले अहिलेसम्म पूर्णता पाएको छैन । अहिले पनि त्यसैमा विवाद भइरहेको छ । समग्र मधेस एक स्वायत्त प्रदेशको लडाइँ अहिले सकिएको छैन । नागरिकता र स्रोत साधन बाँडफाँडको कुरामा पनि सहमति बनेको छैन । त्यसका लागि पनि सङ्घर्ष गर्न आवश्यक छ । त्यसका लागि सङ्घर्ष गर्ने विषयमा पार्टीको बीचमा हामीले छलफल गरिरहेका छौँ । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ