शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा दलहरूमाथि खनिए ज्ञानेन्द्र (पूर्णपाठसहित)

बिहीबार, २६ पुस २०७५, १६ : ५७
बिहीबार, २६ पुस २०७५

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै वाद वा विचार हुन नसक्ने बताएका छन् । उनले राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपूतहरुको उत्सर्ग विर्संदा देश आज ‘सकसपूर्ण र कपटपूर्ण अवस्थामा गुज्रेको दाबी समेत गरेका छन् । 

शाहले पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीका अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले नेपाली राष्ट्रिय एकताका प्रवद्र्धक राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभअवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना समेत व्यक्त गरेका छन् । 

‘एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपुतहरुको उत्सर्ग हामी कहिल्यै भूल्न सक्दैनौं र हूंदैन । भुलेर, अलमलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदैछ’ शाहले जारी गरेको शन्देशमा उल्लेख छ ।

उनले बडामहाराजाधिराजको दिव्य उपदेशको औचित्य स्मरण गराउँदै उक्त दिव्य उपदेशको मर्म अनुरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घातप्रतिघातको कालो बादल मडारिएको बताएका छन् ।
एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै वाद वा विचार हुन नसक्ने भन्दै उनले नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दूराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पू-याउने, अनूशासनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँुदैन भन्ने आफ्नो मान्यता रहेको बताएका छन् ।

‘नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात गर्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको पदचापमा हिँड्ने प्रेरणा सबै नेपालीमा प्राप्त हुने विश्वास हामीले गरेका छौँ’ पूर्व राजा शाहले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप