केन्द्रीय संस्करण

खेलकुद मन्त्रालयमा भएको नियुक्तिप्रति प्रचण्ड असन्तुष्ट

person explore access_timeपुस २६, २०७५ chat_bubble_outline0

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले युवा तथा खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष दाहालले खेलाडीहरुको अपेक्षा अनुसार ‘सही मानिस छनौट’ नगरिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयमा भएको राजनीतिक नियुक्तीप्रति असन्तुष्टि जनाएका हुन् ।

अध्यक्ष दाहालले नेपालको खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

बिहीबार पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको काठमाडौंमा उद्घाटन गर्दै उनले विद्यालय तहदेखिनै कराँते खेलको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न लागिपर्ने आश्वासन पनि दिए । स्वस्थ नागरिक र सृजनात्मक मुलुकका लागि पनि आफूले खेलकुद क्षेत्रको विकासमा जोड दिँदै आएको अध्यक्ष दाहालको भनाई छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले आफूले सरकारको नेतृत्व लिएको बेला खेलकुद क्षेत्रको विकासमा लागि परेको दावी पनि गरे ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha