शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले शान्ति वार्ता प्रस्ताव अस्वीकार गरिरहेको छ, दुई परमाणु शक्तिबीचको युद्ध आत्मघाती : इमरान खान

बिहीबार, २६ पुस २०७५, १६ : ०८
बिहीबार, २६ पुस २०७५

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले उनले गरेको सबै शान्ति प्रस्तावलाई बेवास्ता गरेको बताएका छन् । उनले यसबारेमा थप बोल्दै भनेका छन्,“दुई परमाणुअस्त्र सम्पन्न देशहरुबीच कुनै पनि युद्ध आत्मघाती हुन्छ । शान्तिको लागि दुई पक्षीय वार्ता नै एक मात्र उपाय हो ।”

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानले एक टर्किस समाचार एजेन्सीलाई दिएको अन्तरवार्तामा यो कुरा बताएका हुन् । इमरान खानले पुनः एक पटक शान्ति वार्ताको लागि भारतसँग कुरा गर्ने बताए । 

दुइ देशको हितमा नरहेकाले दुई देशबीच शीत युद्ध पनि उपयुक्त नभएको उनले बताए । 

दुई परमाणु शक्तिसम्पन्न राष्ट्रबीचको युद्ध आत्महत्या बराबर 

अन्तरवार्ताको क्रममा इमरानले भने, “दुई परमाणु शक्तिसम्पन्न राष्ट्रबीचको युद्धबारे सोच्न पनि हुन्न । यी दुई देशबीच शीत युद्ध पनि राम्रो होइन । किनकि यसले अवस्था अझै बिगार्न सक्छ । ”

भारत र पाकिस्तानमा विभाजित कश्मीरको मुद्दामा बोल्दै खानले भारतले कहिले पनि कश्मीरका मानिसहरुको अधिकारलाई कुल्चन नपाउने बताए । 

सन् २०१६ यता बिग्रिएको हो भारत–पाकिस्तान सम्बन्ध

सन् २०१६ मा पाकिस्तानमा शरण लिएका विद्रोहीहरुले आतंकवादी हमलाहरु गरेपछि र भारतको सर्जिकल स्ट्राइकपछि भारत–पाकिस्तान सम्बन्ध बढी तनावपूर्ण भएको छ । 

सन् २०१७ पछि दुई देशबीच कुनै द्विपीय वार्ता नभएको कारण दुई देशबीच सम्बन्धमा थप चिसो पसेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप