बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वैकल्पिक ऊर्जामा कसले मार्ला बाजी ?

बिहीबार, २६ पुस २०७५, १३ : ४७
बिहीबार, २६ पुस २०७५

काठमाडौं– सरकारले वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको कार्यकारी निर्देशक छनोट गर्नका लागि प्रक्रिया सुरु गरेको छ । कार्यकारी निर्देशक पदका लागि ११ जनाले आवेदन दिएकोमा कसले नियुक्ति पाउलान् भन्नेमा यतिबेला ऊर्जा क्षेत्रमा चासो बढेको छ । 

जलस्रोत, ऊर्जा तथा सिंचाई मन्त्रालयले गएको मंसिर १ मा कार्यकारी निर्देशकका लागि २१ दिनको समयसीमा तोकेर आवेदन माग गरेकोमा  सो समयावधिमा कामु कार्यकारी निर्देशक नवराज ढकालसहित अनन्तराज घिमिरे, मधुसुदन अधिकारी, प्रमोद पोखरेल, डा सरोज कोइराला, डा बलबहादुर पराजुली, डा बुद्धि नेपाली डा रविन्द्र ढकाल, डा लक्ष्मण पौडेल,  धर्म जीसीलगायतले आवेदन दिएका थिए ।

हाल निमित्तको भूमिकामा रहेका ढकालले कार्यकारी निर्देशकको भूमिकामा आवेदन दिएको भएपनि ऊर्जामन्त्री वर्षमान पुन र सभामुख कृष्णबहादुर महरासहितका नेताहरुले अनन्तराज घिमिरेलाई सो भूमिकामा ल्याउन चाहेका छन् । 

ढकाल तत्कालीन एमाले निकटका मानिन्छन् भने घिमिरे तत्कालीन माओवादी केन्द्र निकटका मानिन्छन् । 

पूर्वएमाले निकटबाट  केही दिनअघि मात्रै नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र प्रसाद पौडेलले नियुक्ति पाएकाले केन्द्रमा भने तत्कालीन माओवादी निकटबाट नियुक्ति पाउने लगभग नेताहरुबीच सहमति बनेकाले घिमिरेकै सम्भावना बलियो रहेको स्रोतको भनाई छ । 

घिमिरे हाल मध्यपश्चिम विश्व विद्यालय सुर्खेतको सह–प्राध्यापक  रहेका छन् भने यसअघि इन्जिनीयरिङ विभागमा डीन भएर सो विभाग खोल्न मुख्य भूमिका खेलेका थिए । 

यस्तै उनले थापाथलीमा १० वर्ष अध्यापन गरेको अनुभवन समेत रहेको छ । 

स्रोतका अनुसार अहिले मन्त्रालयले आवेदन दिनेहरुमध्येबाट छनोट समितिले सर्टलिष्टिङ गरिरहेको छ । 

केन्द्रको कार्यकारी निर्देशकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, ब्यवस्थापन, इन्जीनीयरीङ वा ऊर्जा सम्बन्धी बिषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी बैकल्पिक ऊर्जा क्षेत्रमा कम्तीमा १० बर्ष काम गरेको हुनुपर्ने न्यूनतम शैक्षिक योग्यता र अनुभव हुनुपर्नेछ । जसका लागि घिमिरेको सबै हिसावले योग्यता पुगेको मन्त्रालय स्रोतको भनाई छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप