शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आखिर अमेरिकी सेना यति धेरै भायग्रा किन खरिद गर्छ ?

शुक्रबार, १३ साउन २०७४, १४ : २२
शुक्रबार, १३ साउन २०७४

बीबीसी

अमेरिकी सेनामा तेस्रोलिङ्गीहरुलाई भर्ना गर्न बन्द गर्ने बारे राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटको निकै आलोचना भइरहेको छ ।

तेस्रोलिङ्गी सैनिकको स्वास्थ्यमा अत्यधिक खर्च भइरहेको भन्दै उनीहरुलाई भर्ती गर्न बन्द गर्नुपर्ने बताइँदै आएको छ ।

पछिल्लो बुधबार ट्रम्पले ट्वीट गरेका भनेका थिए, ‘मैले आफ्ना जनरल र सेनाका विशेषज्ञसँग कुरा गरेको छु । कुनै तेस्रोलिङ्गीलाई सेनामा काम गर्नका लागि अमेरिकी सरकारले स्विकृती दिनेछैन ।’

उनले लेखे, ‘अत्यधिक स्वास्थ्य खर्चको बोझका कारण यसलाई स्विकार गर्न सकिँदैन ।’

अमेरिकी पत्रिका मिलिट्री टाइम्सका अनुसार यसको नाता इरेक्टाइल डिस्फङ्क्शन (सेक्स सम्बन्धि समस्या) को औषधीमाथि सेनाको वार्षीक ८.४ करोड डलर खर्च हुन्छ ।

यद्यपी, पछिल्लो वर्ष र्यान्ड कर्पोरेशन थिंक ट्याङ्कको अनुमान अनुसार सेनामा तेस्रोलिङ्गीहरुले यौनिकता परिवर्तन गर्ने सम्बन्धि स्वास्थ्य सेवामा बढिरहेको खर्चका कारण सेनाको स्वास्थ्य बजेट वर्षीक ८४ लाखको बोझ  बढ्ने गर्दछ ।

तर अमेरिकी सेना आखिर इरेक्टाइल डिस्फंक्शन सम्बन्धि औषधीमाथि यति धेरै खर्च किन गरिरहेको छ ?

माथि दिइएको आँकडा सन् २०१५ फेब्रुअरीमा छापिएको मिलिटरी टाइम्सको रिपोर्टमा आधारित छ जुन सन् २०१४ को डिफेन्स हेल्थ एजेन्सीबाट लिइएको थियो ।

रिपोर्ट अनुसार त्यो वर्ष उपचार र औषधीको खर्च ८.४२ करोड डलर थियो तर त्यसमा सन् २०११ पछि भायग्रा र क्यालिसजस्ता औषधीमाथि २९.४ करोड डलर खर्च भएको बताइएको थियो ।

यति खर्चमा जोसुकैले विमान खरिद गर्न सक्ने भनेर विभिन्न टिकाटिप्पणी गरिएका छन् ।

सन् २०१४ मा ११.८ लाख औषधीको पर्चा लेखियो जसमध्ये धेरैजसो भायग्राका लागि थिए । तर यो औषधी आखिर कसका लागि थिए, यो पत्ता लगाउनका लागि यसो पूरा खर्चलाई हामीले सुरुदेखि बुझ्नुपर्छ ।

यो वास्तविकता हो कि इरेक्टाइल डिस्फंक्शनसँग सम्बन्धित औषधीका लागि लेखिएको बिलमध्ये केही ड्युटीमा खटेका कर्मचारीका लागि थिए ।

तर यीमध्ये धेरैजसो औषधीको प्रयोग अन्य व्यक्तिले नै गर्दछन् जसमा सेनाका अवकाशप्राप्त जवान र उनका परिवारका सदस्य समावेश छन् ।

एक अनुमानका अनुसार सन् २०१२ मा लगभग १ करोड मानिसहरु सेनाको स्वास्थ्य सेवाको लाभ उठाइरहेका थिए ।

पाको उमेरका पुरुषहरुमा इरेक्टाइल डिस्फंक्शनको समस्या हुनु साधारण कुरा हो – सेनाको भारी स्वास्थ्य खर्चको एक ठूलो कारण यो पनि हो ।

मिलिटरी टाइम्सका अनुसार ड्युटीमा खटेका कर्मचारीका लागि १० प्रतिशतभन्दा कम औषधी उपलब्ध गराइएको थियो ।

तर यो पनि वास्तविकता हो कि इराक र अफगानिस्तानमा युद्ध सुरु भएपछि अमेरिकी सेनामा काम गरिरहेका मानिसहरुमा इरेक्टाइल डिस्फंक्शनको मामला अत्यधिक देखिएको छ ।

सन् २०१४ मा आर्म्ड फोर्सेस हेल्थ सर्भिलेन्स ब्रान्चले सन् २००४ देखि २०१३ को बिच सेनामा काम गरिरहेका पुरुषमा इरेक्टाइल डिस्फंक्शनको विषयमा अध्ययन गरेका थिए ।

यो रिपोर्ट अनुसार करिब १ लाख कर्मचारीलाई यो समस्या थियो र त्यतिबेला यस्तो रोग हरेक वर्ष वृद्धि भइरहेको थियो ।

उक्त अध्ययनका अनुसार लगभग आधा यस्ता मामलाका लागि मानसिक कारण जिम्मेवार थिए ।

सन् २०१५ मा जर्नल अफ सेक्सुअल मेडिसिनले एक अध्ययनको नतिजा प्रकाशित गरेको थियो जसअनुसार डिपार्टमेन्ट अफ वेटेरन अफेयर्सका भनाई यो थियो कि, ‘साधारण मानिसको तुलनामा तनावको स्थिती झेलिसकेका पुराना पुलिस सिपाहीमा इरेक्टाइल डिस्फंक्शन र सेक्स सम्बन्धि समस्या अत्यधिक हुने गर्दछ ।’

एक अध्ययन अनुसार युद्धमा भाग लिइसकेका र तनावको सामना गरिसकेका ८५ प्रतिशत पुराना सिपाहीले आफूलाई इरेक्टाइल डिस्फंक्शनको समस्या भएको स्विकारेका छन् ।  यो आँकडा युद्धको मैदानबाट लडाईं नगरी घर फर्किएका सिपाहीको संख्याभन्दा चार गुणा बढि हो ।

सन् २००८ को र्यान्ड कर्पोरेशन थिंक ट्यांङ्कले इराक र अफगानिस्तानमा युद्धको मैदानमा तनावको सामना गरिसकेका पाँचमध्ये एक सिपाहीलाई गम्भीर समस्या भएको बताएको थियो ।

यद्यपी, भायग्रामाथि सेनाको अत्यधिक खर्चबारे आर्म्ड फोर्सेस हेल्थ सर्भिलान्स ब्रान्चको एक रिपोर्टमा सन् २००४ देखि २०१३ का बिच सेनामा काम गरिरहेका पुरुषमा स्वास्थ्य सेवाबारे अत्यधिक गम्भीरता अपनाउँदै युद्ध, मानसिक तनाव र इरेक्टाइल डिस्फंक्शनबिच कुनै सीधा नाता बनाइनु सही होइन भनी बताइएको छ ।

आफ्ना अन्य साथीको तुलनामा यस्ता सैनिकलाई इरेक्टाइल डिस्फक्शनबाट प्रभावित हुने सम्भावना अत्यधिक छ जुन कहिले पनि युद्ध मैदानमा गएनन् ।

इरेक्टाइल डिस्फंक्शनको नाता स्वास्थ्यको आम समस्या जस्तै हृदयघात, उच्च रक्तचाप र मधुमेहसँग छ ।

सन् २००७ मा गरिएको एक अनुमान अनुसार १८ प्रतिशत अमेरिकी पुरुष इरेक्टाइल डिस्फंक्शनको समस्यासँग जुधिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप