शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आमाले भनिन् ‘स्टप’.. र रोकियो ९ वर्षे बालकको सासः यस्तो छ भावुक कथा

बिहीबार, २६ पुस २०७५, १२ : ३८
बिहीबार, २६ पुस २०७५

ब्रिटेनका एक ९ वर्षका बालकको भावुक कहानी आजकाल सोसल मिडियामा जताततै छाएको छ । क्यान्सरसँग १५ महिनासम्म लडेर अन्ततः ब्याले कुपरको क्रिसमसको पूर्वसन्ध्यामा मृत्यु भयो । उनी आफ्नी जन्मिन लागेकी बहिनीको व्यग्र प्रतिक्षामा थिए ।

ब्यालेकी आमा रचेल, २८, ले नोभेम्बरमा छोरी मिलीलाई जन्म दिइन् । मिलीको नाम पनि ब्यालेले राखिदिएका थिए । मृत्यु हुनु एकदिन अगाडि बहिनीलाई मिठो मुस्कानसहित काखमा बोकेको उनको तस्बिर पनि सार्वजनिक भएको छ ।

उनका तीस वर्षे बुवा लीका अनुसार उपचारको क्रममा उनी सधैंभरी हाँसिरहन्थे ।

रचेलले भनिन्, ‘हामीलाई लागेको थिएन कि उनी यत्तिसम्म बाँच्नेछन् तर उनी मिलीलाई जसरी पनि भेट्छु भन्ने प्रतिबद्ध थिए । नोभेम्बरको अन्त्यमा मिलीको जन्म भयो । उनले मिलीलाई अँगलो हाले र एउटा दाइले जे गर्नुपर्छ, त्यो सबै गरे – डाइपर चेन्ज गरे, सफा गरे, उनका लागि गीत गाए ।’

लीले थपे, ‘डाक्टरले ब्यालेको मृत्यु मिलीको जन्मअगावै हुने बताएका थिए । तर त्यस्तो भएन । उनले मिलीलाई भेट्नका लागि जीवनसँग लडे । ’

‘तर मिलीलाई भेटेपछि उनको स्थिती बिग्रँदै गयो । स्थिती नाजुक हुनथाल्यो,’ लीले भने ।

ब्याले क्रिसमससम्म बाँच्दैनन् भन्ने उनको परिवारलाई थाहा थियो तरपनि क्रिसमसको उपहारमा के चाहिन्छ भनेर सोधियो ।

ब्यालेलाई आफू मर्दै छु भन्ने थाहा भएर आफ्नो अन्तिम संस्कारमा सबैलाई सुपरहिरोको पहिरनमा उपस्थित हुन आग्रह गरे ।

आफ्नो परिवारसँगको अन्तिम भेट्मा ब्यालेले भने, ‘तपाईंहरुले २० मिनेटसम्म मात्र रुन पाउनुहुनेछ । तपाईंहरुले राइली (उनका ६ वर्षे भाइ) र मिलीको हेरबिचार गर्नुपर्छ ।’

उनकी हजुरआमाले नातीको ठाउँमा आफू हुनुपर्ने बताएपछि उनले भने, ‘यो त स्वार्थी कुरा भयो आमा । तपाईंले नाती नातिनीको हेरबिचार गर्नुपरेन ?’

अस्पतालबाट डिसेम्बर २२ तारिखमा घर लगेपछि ब्यालेका परिवारले उनलाई कथा सुनाए ।

रचेलले भनिन्, ‘उनलाई थाहा थियो कि उनी क्रिसमसका लागि हुनेछैनन् । तर हामीले उनलाई क्रिसमसका लागि उपहारको सूची बनाउन आग्रह गर्यौं । उनले यस्तो गर्न चाहेनन् तर हामीले उनलाई यसका लागि कर गर्यौं ।’

‘क्रिसमसको अघिल्लो दिन बिहान ११ः४५ मा हामी उनको बेड नजिकै थियौं । हामीलाई थाहा भयो, उनी अब रहनेछैनन् । हामीले उनलाई भन्यौं, ‘अब जाने बेला भयो ब्याले । ‘स्टप’ ।’’

‘हामीले ‘स्टप’ भनेपछि उनले अन्तिम सास फेरे र उनको आँखाबाट एक थोपा आँसु झारे । त्यहाँ सन्नाटा छाएको थियो ।’

ब्यालेले सन् २०१६ मा पहिलो पटक बिरामी भए । अनगिन्ती परीक्षणपश्चात् उनलाई सेप्टेम्बरमा लयल(ज्यमनपष्ल थिmउजयmब भएको पत्ता लाग्यो । पत्ता लागेका बेला उनको क्यान्सर तेस्रो चरणमा पुगिसकेको थियो । डाक्टरले केमोथेरापी र एमआरआई गरेर उनलाई जीवित राखे ।

एकदिन डाक्टरले उनी ठिक हुने ७० प्रतिशत सम्भावना रहेकाले उनको केमोथेरापी गर्नुपर्ने बताए । उनको स्टेम सेल ट्रान्सप्लान्ट गरियो । त्यतिबेला उनको स्थितीमा निकै सुधार आएको थियो । तर अगस्ट २०१७ मा क्यान्सर पुनः फर्कियो । यसपटक क्यान्सरको ब्यालेको छाती, फोक्सो, मृगौला र पेटसम्म फैलिएको थियो ।

६ जनवरीमा ब्यालेको अन्तिम संस्कार गरियो जहाँ उनलाई श्रद्धाञ्जली दिन लाखौंको उपस्थिती रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप