थपेको समयमा पनि नेविसङ्घको महाधिवेश नहुने पक्का : अब यस्ता छन् २ विकल्प
काठमाडौँ– पूर्वनिर्धरित कार्यतालिकाअनुसार नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को १२औँ महाधिवेशन यही पुस २८ गते हुनुपर्ने हो । तर यो मितिमा महाधिवेशन नहुने पक्का भएको छ । वर्तमान कार्यसमितिले ५ महिना म्याद थप्दा पनि महाधिवेशन गराउन नसकेपछि नेतृत्वको चौतर्फी अलोचना सुरु भएको छ ।
विधानतः सङ्घको महाधिवेशन दुई दुई वर्षमा हुनुपर्ने हो । तर महाधिवेशनकै लागि थपिएको समयसीमा समेत महाधिवेशन नगरी गुज्रिएको छ ।
विधान उल्लङ्घको उल्झन
विधानअनुसार नेपाल विद्यार्थी सङ्घको विद्यमान कार्यसमितिले तोकिएको समय वा कार्यसमिति चयन भएको दुई वर्षभित्र अधिवेशन नगरे वा गर्न नसके तत्कालै कार्यसमिति विघटन गर्नुपर्छ । त्यसपछि अधिवेशन गर्नेगरी बढीमा ६ महिना म्यादसहितको तदर्थ समिति गठन गर्न गरेर त्यो समितिले ६ महिनाभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ ।
११औँ महाधिवेशनबाट नैनसिंह महरको नेतृत्वमा एक सय २१ सदस्यीय कार्यसमिति चयन भएको थियो । यहीबीचमा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक २०७४ असोज २९ गते काँग्रेसमा समाहित भयो । त्योसँगै फोर लोकतान्त्रिकको विद्यार्थी सङ्गठनबाट महरको नेतृत्वको कार्यसमितिमा १५ सदस्य थपिए । यसअघि महरले समयमा महाधिवेशन हुन नसक्नुको कारणका रूपमा फोरम लोकतान्त्रिकका विद्यार्थीसँगको तालमेललाई लिएका थिए । नेविसङ्घको दुई वर्षे कार्यकाल गत भदौ ३ गते सकिएको थियो ।
१२औं महाधिवेशन गराउनकै लागि सुरुमा महर नेतृत्वको कार्यसमितिलाई तीन महिना थप गरियो । थपिएको तीन महिनामा महाधिवेशन गर्नु त परैको कुरा महाधिवेशनको वातावरणसमेत बनेन । त्यसपछि पनि पार्टीका प्रमुख नेता हरूबीच महर नेतृत्वको कार्यसमितिलाई विघटन गरेर तदर्थसमिति बनाउने वा यसलाई महाधिवेशन गराउन फेरि समय थप्ने विषयमा रस्साकस्सी चल्यो थियो ।
यहि क्रममा पार्टी सभापति शेरबहादुर र तेस्रो धारको नेतृत्व गरेका नेता कृष्णप्रसाद सिटौला महर नेतृत्वको कार्यसमितिलाई १२ औँ महाधिवेशन गराउन विधानविपरीत दुई महिना थप गर्न सहमत भए । तर वरिष्ठ नेता रामचन्द्र पौडेल तदर्थसमिति बनाउनुपर्ने पक्षमा उभिएका थिए । देउवा र सिटौला तदर्थसमितिको विपक्षमा उभिएपछि पौडेल निरीह बने । पार्टीले महरलाई नै महाधिवेशन गर्ने जिम्मेवारी सुम्पियो ।
मंसिर ११ गते महरले १२ औं महाधिवेशन आगामी पुस २८,२९ र ३० गते गर्ने गरी कार्यतालिका नै सार्वजनिक गरे । जसअनुसार मंसिर २२ गते विद्यालय र सीटीईभिटीको अधिवेशन, मंसिर २५ गते गाउँ तथा नगर अधिवेशन ,पुस ८ गते उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालयको अधिवेशन , पुस १४ गते ७७ जिल्ला अधिवेशन र पुस २० गते प्रदेश अधिवेशन गरिसक्नु पर्ने थियो ।
नेविसङ्घले पार्टीको महासमिति बैठक र जाडो विदालाई अधिवेशनको बाधकको रूपमा अथ्र्यएको छ । सोही कारण पुष १४ लागि तोकिएको जिल्लाको अधिवेशन पुष २५ सम्मलाई सारेको थियो । यसबीचमा विद्यायलदेखि प्रदेशसम्म सबै ठाउँमा अधिवेशन हुने कुरै भएन । तर महर नेतृत्वको कार्य समितिले दुई वर्ष पाँच महिनाको अवधिमा जम्ममा १४ जिल्लाको मात्र अधिवेशन सम्पन्न गरेको छ । बाँकी ६३ जिल्लामा अधिवेशन हुनै सकेको छैन ।
कुन–कुन जिल्लामा भयो अधिवेशन
प्रदेश १ मा झापा, पाँचथर, ताप्लेजिङ र भोजपुरमा वेविसङ्घको जिल्ला अधिवेशन भएको छ । जसको अध्यक्षमा क्रमश राजेन्द्र उप्रेती, तुलशी आचार्य, विश्व नाल्बो र तारजन राई चयन भएका छन् ।
प्रदेश २मा महत्तरीमा उद्घाटन भयो अधिवेशन हुन बाकीँ छ । स्थापन पक्षका मात्र उपस्थित भएका थिए । संस्थापन इतरको बहिस्कारका कारण अधिवेशन हुन सकेको छौँ । अन्य जिल्लामा तयारीमा रहेका छन् ।
प्रदेश ३ मा प्रदेश तीनका कुनै पनि जिल्लामा अधिवेशन हुन सकेको छैन ।
गण्डकी प्रदेशमा गोरखा र मुस्ताङमा मात्र जिल्ला अधिवेशन भएको छ । जसको अध्यक्षमा क्रमशः सुवास अधिकारी र अमित शेरचन चयन भएका छन् ।
प्रदेश ५मा पूर्वी रुकुम र प्युठान जिल्ला अधिवेशन भएको छ । जसको अध्यक्षमा क्रमशः सुमन बुढामगर र एन पी मगर चयन भएका छन् ।
कर्णाली प्रदेशमा जाजरकोट, हुम्ला डोल्पामा जिल्ला अधिवेशन भउका छ । जसको अध्यक्षमा क्रमशः ललित बस्नेत, धर्म जैशी कुसल शाही चयन भएका छन् । यस्तै दैलेखमा उद्घाटन भएकापनि नेतृत्व चयन हुन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशमा बैतडी, दार्चुल्लामा जिल्ला अधिवेशन भएको छ । जसको अध्यक्षमा क्रमशः कपिल केसी र रमेश भट्ट चयन भएका छन् । अधिवेशन भएका जिल्लामा विद्ययालय र साना क्याम्पसको हकमा सबैको अधिवेशन भएको छ । तर, क्याम्पसबाट सिधै महाधिवेशन प्रतिनिधी भएर आउने २१ वटा क्याम्पसमा जिल्ला अधिवेशन भएको ठाउँमा पनि अधिवेशन भएको छैन ।
माथि उल्लेखित कुरा नेविसङ्घका केन्द्रीय सदस्य एवं १२ औँ महाधिवेशनका अध्यक्षका प्रत्याशी सुशिल भट्टले दिएको जानकारीका आधारमा राखिएको हो ।
तल्लो तहको अधिवेशन नहुनुको कारण
१२ औँ महाधिवेशनलाई लिएर नेविसङ्घमा तीन खाले चर्चा चलिरहेको छन् । अध्यक्ष महर र महामन्त्री कुन्दन काफ्लेलगायतका नेताहरू निर्वाचनको माध्यबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने बताइरहेका छन् ।
यता उपाध्यक्षद्वय पुष्पकुमार साही, पवन यादव महामन्त्री सरोज थापाहरू ११औँ महाधिवेशनमा महान्त्रीमा पराजित दीपक भट्टराईगायतका नेता अधिवेशनको विपक्षमा छन् । उनीहरू टीके प्रथाबाट नेविसङ्घको नेतृत्व ल्याउन पार्टी नेताहरूसँग लबिङ गरिरहेको स्रोत बताउँछ । अन्य केही नेताहरू महाधिवेशन गुर्नपर्छ भन्ने तर भित्रभित्रै भाड्ने षड्यन्त्र देखिएको स्रोतको भनाइ छ । उनीहरूले पार्टी नेताहरूको निकटताबाट नेविसङ्घको नेतामा स्थापित हुने चलखेल पनि बढाइएको स्रोतको दाबी छ ।
अधिवेशनविना नेतृत्व छनोटको प्रक्रियामा जाँदा उमेर हदबन्दी लागू नहुने सोचले नै उनीहरूका कारण पनि समयमै तल्लो तहको अधिवेशन हुन नसकेको महाधिवेशनका पक्षधर नेताहरूको भनाइ छ ।
नेविसङ्घका नेताहरू नै महाधिवेशनको विपक्षमा रहेकाले पार्टीका प्रमुख नेताहरूको गृह जिल्लामासमेत अधिवेशन हुन नसकेको केहीको बुझाइ छ ।
अब दुई विकल्प बाँकी
काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले नेविसङ्घको १२औँ महाधिवेशन तोकिएको समयमा नहुने पक्का भएको बताए । उनले यसबारे पार्टीका शीर्ष नेताहरूबीच छिट्टै छलफल गरे विकल्प अघि सार्ने रातोपाटीलाई बताए । नेविसङ्घ हर्ने बनेको निर्देशन समितिका संयोजकसमेत रहेका सहमाहामन्त्री महतले भने, ‘नेविसङ्घ कार्यसमितिको दुई दुई पटक थपियो । तर नेविसङ्घको १२औँ महाधिवेश हुन सकेन । अब पार्टीको शीर्ष नेतृत्वद्वारा निर्णय हुन्छ । त्यही निर्णयका आधारमा तदर्थसमिति बनाउने वा फेरि पनि समय थप भर्ने भन्ने विषयको टुङ्गोमा पुग्नेछौँ । म एक्लैले यसबारे निर्णय गर्न सक्दिनँ ।’
‘महाधिवेशनको विकल्प छैन’
केन्द्रीय सदस्य सुशील भट्टले सबै जिल्लामा अधिवेशनको काम तीव्र गतिले भएको भन्दै समय थपेरै भए पनि महाधिवेशन गर्नुपर्ने जोड दिए । उनले भने, ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुनमा गर्नु भनिएको छ । जुटेको कम्युनिस्टसँग फुटेको काँग्रेसले प्रतिस्पर्धा गर्न सक्छ र ? स्ववियुमा आफूलाई राम्रो रूपमा स्थापति गर्ने सबै जुट्नुको विकल्प छैन । त्यसका लागि महाधिवेशन अपरिहार्य हुन्छ । टीके प्रथाबाट आएको नेतृत्वले सबैलाई मिलाएर लैजाने साहास गर्नु सक्दैन । म त जुनसुकै हालतमा पनि महाधिवेशन हुनपर्छ र गर्नुपर्छ भन्छु ।’
नेविसङ्घले तल्लो तहको अधिवेशनका लागि खटाएका प्रतिनिधिमध्ये ३२ वर्ष तलकामध्ये कुशलताका साथ जिम्मेवारी निर्वाह गर्नेमा आफू मात्र भएको भट्टको दाबी छ ।
१२औँ महाधिवेशनका बारेमा अध्यक्ष महरले रातोपाटीसँगको सङ्क्षिप्त कुराकानीमा पार्टीको महासमित बैठक र चिसो विदाका कारण तोकिएको समयमा विद्ययालय र जिल्लाको अधिवेशन गर्न नसकिएको काराण देखाए । उनले फेरि दुई चार हप्ता थपेरै भए पनि १२औँ महाधिवेशन गरेरै छोडने दाबी गरे ।
महरले भने, ‘पार्टीका महासमिति बैठकले जिल्लाको अधिवेशन समयमै सकिएन । चिसो बिदाले गर्दा विद्यालयको पनि अधिवेशन हुन नसकेको हो । हामीले १२औँ महाधिवेशनका लागि तीव्रताका साथ काम गरिरहेका छौँ । स्वाभाविक रूपले केही ढिलो भएको छ । दुई चार हप्ताका लागि समय थप्छौँ ।’ आफू निर्वाचनबाट आएकाले निर्वाचनका माध्यबाट नेतृत्व हस्तान्तरण गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै