बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रामोसको शतकीय गोलमा रियल विजयी

बिहीबार, २६ पुस २०७५, ०९ : ३२
बिहीबार, २६ पुस २०७५

एजेन्सी – कप्तान सर्जियो रामोसले करियरको एक सयौं गोल पूरा गरेको खेलमा रियल म्याड्रिडले कोपा डेल रे फुटबलमा लेगानेसलाई ३–० गोलले हराएको छ । 

राउण्ड अफ १६ अन्तर्गत बुधबार राती घरेलु मैदानमा भएको खेलमा रियलले रामोसको गोलमा अग्रता लिएको थियो । रामोसले ४४औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । अल्भारो ओड्रीओजोलालाई लेगानेसका जेरार्ड गुम्बाउले डिबक्स भित्र लडाएपछि रेफ्रीले रियललाई पेनाल्टी दिएका थिए । 

त्यसपछि रियलले दोस्रो हाफको सुरुवातमै अग्रतालाई दोब्बर बनायो । लुकास भाजक्वजिले ६८औं मिनेटमा गोल गर्दै रियललाई अगाडी बढाए । भिनिसियस जुनियरले ७५औं मिनेटमा उत्कृष्ट भलि गोल गर्दै टोलीको जित सहज बनाए । रियलले टोलीका प्रभावशाली खेलाडीलाई यस खेलमा आराम दिएको थियो । चोटका कारण ग्यारेथ बेल, टोनी क्रुज र मार्को असेन्सियो उपस्थित थिएनन् । 

यसैगरी कोपा डेल रेअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिड गिरोनासँग  १–१ गोलको बराबरीमा रोकिएको छ । भिल्लारियल र स्पान्योलले पनि २–२ गोलको बराबरी खेले । अर्को खेलमा गेटाफेले रियल भलाडोलिडलाई १–० गोलले हरायो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप