केन्द्रीय संस्करण

नेमारले गोल गरेपनि पीएसजी बाहिरियो

person explore access_timeपुस २६, २०७५ chat_bubble_outline0

एजेन्सी – पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग कप फुटबलको क्वार्टरफाइनलबाट बाहिरिएको छ । पीएसजीको घरेलु मैदानमा बुधबार राति भएको गुइनगाम्पसँग २–१ गोलले पराजित भएपछि पीएसजी बाहिरिएका हो । पीएसजीले सुरुवाती अग्रता जोगाउन नसक्दा हार खेपेको थियो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पीएसजीले ६३औं मिनेटमा खाता खोल्यो । नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । त्यसपछि पाहुना टोली गुइनगाम्पले दुईवटै गोल पेनाल्टीमा गरेको थियो । ८१औं मिनेटमा गुइनगाम्पका यीन एन’गबाकोटोले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । ९०औं मिनेटमा मार्कस थुरामले अर्को पेनाल्टीमा गोल गर्दै गुइनगाम्पको जित पक्का बनाए । 

यसैगरी पीएसजी बाहिरिदा मोनाकोले सेमिफाइनलमा स्थान बनाएको छ । बुधबार राति नै भएको अर्को खेलमा मोनाकोले रेनसलाई पेनाल्टी सुटआउटमा ८–७ गोलले हरायो । निर्धाीरत समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । पेनाल्टीमा मोनाको भाग्यमानी बन्यो । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha