शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फोटोसुटको क्रममा नेहा कक्कडले खोलिन् गाउन, सोनु निगम हेरेको हेर्यै (भिडियो)

बिहीबार, २६ पुस २०७५, ०८ : ५०
बिहीबार, २६ पुस २०७५

भारतीय गायिका नेहा कक्कड धेरैजसो चर्चामा छाइरहन्छिन् । हालै नेहा कक्कडले भारतका अर्का चर्चित गायक सोनु निगमसँग फोटोसुट गरेकी छिन् । उक्त फोटोसुटको भिडियो नेहाले आफ्नो इन्स्टाग्राममा सेयर पनि गरेकी छिन् ।

भिडियोमा देखिए अनुसार नेहाले फोटोसुटको क्रममा कालो रङको गाउन लगाएकी छिन् भने सोनू निगमले हरियो रङको सुट लगाएका छन् ।

फोटोसुटकै क्रममा नेहाले यस्तो हर्कत गरेकी छिन् भने सोनु निगम हेरेको हेर्यै भए । वास्तवमा, नेहाले फोटोसुट भइरहँदा सोनू निगमकै अगाडि आफ्नो गाउन खोल्छिन् जुन देखेर सोनू अचम्मित हुन्छन् । यस्तै, नेहाले गाउन फुकालेपछि सोनू निगमले त्यो लगाउन कोसिस गर्छन् ।

नेहाले आफ्ना प्रेमी हिमांश कोहलीसँग ब्रेकअप भएपछि डिप्रेशनसँग जुधिरहेको बताउने गर्छिन् । नेहाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी थिइन्, ‘म डिप्रेशनमा छु । सबै नकारात्मक सोच भएका व्यक्तिलाई धन्यवाद जसले मलाई जीवनको सबैभन्दा नरम्रो दिन देखाए । सबैलाई बधाई ।’

तर यो भिडियो हेरेपछि लाग्छ कि उनी डिप्रेशनबाट बाहिर निस्कने प्रक्रियामा छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप