बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा शनिबारसम्म लोडसेडिङ हुने

शुक्रबार, १३ साउन २०७४, १४ : ०९
शुक्रबार, १३ साउन २०७४

काठमाडौँ । नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । 

भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती हुन लागेको हो । सो केन्द्रका नायब प्रबन्धक दीपक धितालकाअनुसार बालाजु, स्वयम्भू, कलंकीलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । नियमित मर्मतसम्भार शनिबारसम्म हुनेछ । 

प्राधिकरणले वीरगञ्ज औद्योगिक कोरिडोर क्षेत्रमा पनि विद्युत् कटौती हुने जनाएको छ । आजदेखि पाँच दिनसम्म चन्द्रनिगाहारपुर, हेटौँडा, सिमरा, ढल्केबर र परवानीपुर क्षेत्रमा विद्युत् कटौती हुनेछ । प्रसारण प्रणालीमा सुधार तथा प्रसारण लाइन निर्माणका कारण विद्युत् कटौती गर्न लागिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप