बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इजराइलका पूर्वमन्त्रीले इरानका लागि जासुसी गरिरहेको खुलासा

बिहीबार, २६ पुस २०७५, ०८ : २५
बिहीबार, २६ पुस २०७५

बीबीसी

इजराइलका एक पूर्व क्याबिनेट मन्त्री गोनेन सेगेवलाई इरानका लागि जासुसी गरेको आरोपमा ११ वर्षको जेल सजायँ तोकिएको छ । इजराइलको न्याय मन्त्रालयले यसबारे जानकारी दिएको हो ।

सेगेव सन् १९९० मा इजराइलका ऊर्जामन्त्री थिए । उनले इरानका लागि जासुसी गरेको आफैंले स्विकारेका छन् । उनीमाथि इजराइली अधिकारी र सेनासँग जोडिएका जानकारी चुहाएको आरोप थियो । सेगेव नाइजेरियामा बस्दथे र उनलाई मध्य अफ्रिकी देश इक्विटोरियल गिनीबाट पक्राउ गरिएको थियो । इजराइलले गत मे महिनामा सेगेवको प्रत्यर्पण गराएको थियो ।

६३ वर्षीया सेगेवलाई फेब्रुअरी ११ मा औपचारिक रुपमा सजायँ सुनाइनेछ । अहिलेसम्म यो मामलाामा इरानी अधिकारीको तर्फबाट कुनै बयान जारी गरिएको छैन ।

यसअघि पनि सन् २००५ मा सेगेवलाई कूटनीतिक पासपोर्टको प्रयोग गरेर नेदरल्याण्डबाट ३० हजार संदिग्ध औषधीको तस्कर गरेको मामलामा पाँच वर्षका लागि जेल जानु परेको थियो ।

उक्त घटनापश्चात् उनको डाक्टरको लाइसेन्स पनि खारेज गरिएको थियो । तर सन् २००७ मा जेलबाट छुटेपछि उनलाई नाइजेरियामा डाक्टरको अभ्यास गर्नका लागि अनुमती दिइएको थियो ।

इजराइलका आन्तरिक सुरक्षा सेवा अधिकारी शिन बेटले गत वर्ष जूनमा भनेका थिए, ‘सेगेवले सन् २०१२ मा इरानी उच्चायोगसँग सम्पर्क गरे र दुईपटक इरान पनि गए । उनी आफैंले यो कुरा स्विकार गरेका थिए ।’

सेगेवले ऊर्जा क्षेत्रसँग सम्बन्धित जानकारी, इजराइलका सुरक्षा साइटहरु, सुरक्षा संस्थानका अधिकारीसँग जोडिएका जानकारी इरानलाई दिए ।

सेगेवले जब जासुसीको कुरा स्विकारेका थिए तब उनले अनुसन्धानकर्तालाई भनेका थिए, ‘म इरानीलाई गुमराहमा पारिरहेको थिएँ र इजराइलमा एक हिरोजसरी फिर्ता हुन चाहन्थेँ ।’

सन् १९७९ मा इस्लाम क्रान्तिपछि जब धार्मिक कट्टरपन्थी सत्तामा आए तब इरानका नेताले इजराइललाई पूर्ण रुपमा नष्ट गर्ने चेतावनी दिए । यतिमात्र होइन, इरानले इजराइलको अस्तित्व नै खारेज गर्दै उसलाई मुस्लिम भूमिमा अवैध कब्जा गरेको आरोप लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप