बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जेफ बेजोसः संसारकै धनी व्यक्तिको २५ वर्षे वैवाहिक सम्बन्धको अन्त्य

बिहीबार, २६ पुस २०७५, ०७ : ५१
बिहीबार, २६ पुस २०७५

अमेजन कम्पनीका मुख्य कार्यकारी अधिकारी जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जी बेजोसले आफ्नो २५ वर्षे वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरेका छन् ।

दुबैले ट्वीटरमा यसबारे एक साझा बयान जारी गरेका छन् ।

उक्त बयानमा लेखिएको छ, ‘लामो समयसम्म एकअर्कासँग निकै प्रेमपूर्ण तरिकाले सँगै बस्यौं र केही समयका लागि एक्लो अनुभव गरेपछि हामीले एकअर्कासँग सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छौं । हामी दुई राम्रो साथी बनेर बस्नेछौं ।’

हालै अमेजन कम्पनीले एक उत्कृष्ट उपलब्धि आफ्नो पोल्टामा पारेको थियो । अमेजनले माइक्रोसफ्टलाई पछार्दै संसारको सबैभन्दा महँगो कम्पनी बनेको थियो ।

५४ वर्षका जेफले २५ वर्षअघि अमेजन कम्पनीको सुरुवात गरेका थिए । ब्लूमबर्गमा संसारका धनी व्यक्तिको सूचीमा जेफ शीर्ष स्थानमा छन् । उनीसँग कूल १३७ बिलियन डलरको सम्पत्ति भएको बताइन्छ ।

दुबैले जारी गरे साझा बयानः

जेफ बेजोसकी ४८ वर्षीया पूर्वपत्नी म्याकेन्जी एक साहित्यकार हुन् । उनले दुईवटा किताब लेखेकी छिन् । यीमध्ये ‘द टेस्टिङ अफ लुथर’ सन् २००५ मा प्रकाशित भएको थियो भने सन् २०१३ मा ‘ट्रप्स’  ।

आफ्नो साझा बयानमा यो जोडीले लेखेका छन्, ‘हामीले एक–अर्काको साथ पाएकोमा निकै भाग्यशाली महसुस गर्छौं । हामीले विवाहपछि यतिका वर्षसम्म सँगै सहकार्य गर्यौं, यसका लागि हामी एक–अर्काप्रति मनैदेखि आभारी छौं ।’

‘हामीले सँगै हुँदा उत्कृष्ट जीवनयापन गर्यौं । हामीले विवाहित जोडीको रुपमा भविष्यका लागि सपना सजायौं, हामीले राम्रो आमा–बुवा, साथी र व्यवसायिक साझेदारको रुपमा आ–आफ्ना भूमिका निभायौं । थुप्रै प्रोटक्टमा सँगै काम गर्यौं जसमा हामीलाई निकै मज्जा पनि आयो ।’

‘अब हाम्रो सम्बन्धको नाम परिवर्तन भएपनि हामी एक परिवारको रुपमा रहनेछौं । हामी एकअर्काको निकै राम्रो साथी बनिरहनेछौं ।’

गत वर्ष यो जोडीले एक च्यारिटी कार्यक्रको सुरुवात गरेका थिए । यो कार्यक्रमको नाम ‘द डे वन’ थियो । उक्त कार्यक्रमको उद्देश्य घरबारबिहिन परिवारको मद्दत गर्नु र गरिब बच्चाका लागि विद्यालय निर्माण गर्नु हो ।

जेफ र म्याकेन्जीका चार सन्तान छन् । तीन छोरा र एक धर्मपुत्री । सन् २०१३ मा म्याकेन्जीले भोग पत्रिकालाई जेफसँग उनको भेट जागिरका लागि एक अन्तर्वार्तामा भएको थियो । जेफ त्यतिबेला अन्तर्वार्ता लिइरहेका थिए ।

तीन महिनासम्म एक–अर्कासँग समय बिताएपछि उनीहरुले सन् १९९३ मा विवाह गरेका थिए ।

त्यसको एक वर्षपछि जेफले अमेजन कम्पनीको सुरुवात गरे । त्यतिबेला अमेजनमाथि किताबको मात्र अनलाइन बिक्रि हुन्थ्यो ।

बिस्तारै यो कम्पनीको बिस्तार हुँदै गयो र संसारको सबैभन्दा ठूलो इ–कमर्स कम्पनी बन्यो ।

यो हप्ता जब सोमबार अमेरिकाको स्टक मार्केट बन्द भएको थियो तब अमेजनको कूल मूल्य ७९७ बिलियन डलर थियो जबकी त्यतिबेला माइक्रोसफ्टको मूल्य ७८९ बिलियन डलर थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप